दमकमा आज एकैदिन ७७ जनामा संक्रमण पुष्टि

दमक,२३ असार । दमकमा आज एकैदिन ७७ जनामा कोरोना संक्रमण देखिएको छ । निशेषधा खुकुलोभएसंगै दमकमा यतिका संख्यामा एकैसाथ संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । निशेषज्ञा खुकुलोभएसंगै दमकमा संक्रमणको दरमा खासै कमी आउन सकेको छैन् । मंगलवार पनि दमकमा २१ जनामा संक्रमण पुष्टि भएको थियो ।
नगर स्वास्थ्य शाखाका अनुसार पछिल्ला एक साताको अवधिमा संक्रमणमा कमी आउन सकेको छैन् । संक्रमणको अवस्था उस्तै छ, यसले दमकमा जोखिममा कमी आउन नसकेको स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताएका छन् ।झापामा बुधबार १६५ जनामा संक्रमण पुष्टि भएको थियो ।
प्रदेश १ मा ४४३ जना कोरोना संक्रमित थपिए
प्रदेश १ मा आज ४६३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१८ महिला र २४३ पुरुष रहेको छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६७ हजार २६० पुगेको छ ।

प्रदेश १ मा आज ४४३ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १६५, सुनसरीमा १२४, मोरङमा १२१, धनकुटामा १७, भोजपुरमा ५, उदयपुर र संखुवासभामा २–२, तेर्‍हथुम र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको विर्तामोडमा २३, मेचीनगरमा १६, शिवसताक्षीमा १०, अर्जुनधारा र भद्रपुरमा ८–८, कनकाईमा ७, कमल गाउँपालिकामा ५, बार्‍हदशीमा ४, गौरादहमा ३, बुद्धशान्ति र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका २, सुनसरीको धरानमा ७८, इटहरीमा ३०, बराहक्षेत्रमा ३, इनरुवामा २, भोक्राहानरसिंह र दुहवीमा १–१, स्थानीय तह नखुलेका ९, मोरङको विराटनगरमा ५७, लेटाङमा २३, बेलबारीमा १७, पथरीशनिश्चरेमा १०, बुढीगंगामा ४, उर्लाबारीमा ३, सुन्दरहरैचा, कटहरी र स्थानीय तह नखुलेका २–२, कानेपोखरीमा १, धनकुटाको धनकुटा नगरपालिकामा ११, महालक्ष्मीमा ३, छथरमा १ र स्थानीय तह नखुलेका २, भोजपुरको भोजपुर नगरपालिकामा ४, स्थानीय तह नखुलेका १, उदयपुरमा २, संखुवासभाको खाँदबारी र स्थानीय तह नखुलेका १–१, तेर्‍हथुम र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७४ हजार २४३ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ६६८ रहेको छ । प्रदेश १ मा आज १ हजार २३८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २१७ महिला र २२६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.