बिर्तामोड,२२ असार । पानीमा डुबेर झापाको बिर्तामोडमा एकजना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड १० इलामेली टोलका ३५ वर्षीय सुनिल मुर्मू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्ला प्रहरीका प्रवक्ता कृष्णकुमार चन्दका अनुसार होपन मुर्मूका छोरा सुनिल घरनजिकै रहेको पैनीमा डुबेको अवस्था आज दिउँसो २ः४५ बजे मृत भेटिएका थिए
प्रहरीले मृतकको शव पोष्टमार्टमका लागि आवश्यक कानुनी प्रकृया पूरा गरि घटनाका बारे थप अनुसन्धान शुरु गरेको प्रवक्ता चन्दले बताए ।