झापामा ३.६० देखि ४ जीपीए ल्याउने ७१९ जना

झापा, २१ असार । झापामा एसईई परीक्षामा सबैभन्दा माथिल्लो ग्रेड ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थी ७१९ जना रहेका छन् ।जुन कुल विद्यार्थीको ४.६९ प्रतिशत हो । त्यस्तै ३.२० देखि ३.६० जीपीए ल्याउने विद्यार्थी २१४७ अर्थात १४.०१ प्रतिशत, २.८० देखि ३.२० जीपीए ल्याउने ३१३७ अर्थात २०.४७ प्रतिशत , २.४० देखि २.८० जीपीए ल्याउने ३२४१ अर्थात २१.४५ प्रतिशत, २ देखि २.४० जीपीए ल्याउने ३१०५ अर्थात २०.२६ प्रतिशत , १.६० देखि २ जीपीए ल्याउने २१७५ अर्थात १४.१९ प्रतिशत ,१.२० देखि १.६० जीपीए ल्याउने ६३५ अर्थात ४.१९ प्रतिशत ,०.८० देखि १.२० जीपीए ल्याउने २९ जना अर्थात ०.१९ प्रतिशत रहेको शिक्षा विकास तथा समन्वय इकाई झापाले जनाएको छ । झापामा २०७९ सालको एसईईमा १५ हजार ३२४ जना विद्यार्थीले परीक्षा दिएका थिए ।

Leave a Reply

Your email address will not be published.