दमक,२१ असार । दमक नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयले विपन्न महिलालाई आत्मनिर्भर बनाउन सिलाई बुनाई तालिम प्रदान गरेको छ । वडाले सीप सिकेर आत्मनिर्भर हुन इच्छा राख्ने महिलालाई सिलाई बुनाई सम्बन्धि तीन महिने आधारभुत र आधारभुत तालिम लिइसकेका २० जना महिलाहरुलाई एडभान्स कोर्स तालिम एकैसाथ प्रदान गरेको हो । बिहिबार वडा कार्यलयमा आयोजित तालिम समापन कार्यक्रममा दमक नगरपालिका प्रमुख रामकुमार थापाले तालिम सगै सीपको उपयोग हुने गरिका कार्यक्रम संचालन गर्ने नगरपालिकाको योजना रहेको बताए । वडाध्यक्ष भिम प्रसाद पौडेलले सीप सिकेका महिलाहरुको समूह बनाएर सङठित रूपमा उद्यम ब्यवसाय सञ्चालन गर्न आग्रह गरे ।
उनले सो तालीम लिएर उध्यम गर्न चाहने महिलालाई वडाले प्रोत्साहन स्वरुप निशुल्क ब्यवसाय दर्ता गरिदिने घोषणा गरे । उनले तालिमको उपयोग ब्यवहारिक जिवनमा गर्न अनिवार्य भएको वताए । सो अवसरमा तालिम प्रशिक्षक कमला कार्कीले महिलाहरु स्वरोजगार बन्न सके कसैको प्रभाव र दबाबमा बस्न नपर्ने भएकोले स्वरोजगार बन्न भित्री मनदेखीनै लाग्नुपर्ने सुझाइन । वडा सदस्य अतीत बान्तवा राईले तालिम लिएर महिलाहरु आफैले परिवर्तनको महसुस गर्नुपर्ने बताए ् । सो अवसरमा तालिमका प्रशिक्षार्थीहरु आफैले सिलाएका पोशाकमा सहभागी भएका थिए भने एक जना बालिकालाई स्कुल ड्रेस प्रदान गरिएको थियो ।