डेङ्गु संक्रमण फैलिदै छ, सजग रहौं

डा. लेखनाथ न्यौपाने

…………………………………………………………………………………………………………………………………………………………………..

नेपालमा मात्र नभएर छिमेकी देशमा पनि डेङ्गु रोगले धेरैको ज्यान आएको हुँदा यो रोगका लक्षण र बचावका उपायहरुको जानकारी हुनु आवश्यक छ । यो एक ज्यानलेवा संक्रामक रोग हो । यसले शरीरका माशपेशी मात्र नभएर हड्डीसम्म असैय हुने गरी दुख्ने हुँदा यस रोगलाई हड्डीतोड ज्वरो पनि भनिन्छ । यो मुख्य गरेर दुई प्रकारको हुन्छ । हेमोरेजिक अर्थात मुख र अन्य शरीरका भागबाट रक्तनसा फुटेर रगत बग्ने र अर्को ज्वरो आउने अनि जीउ, टाउको, शरीरका हड्डीसम्म दुख्ने । यसका लक्षणहरु यति कडा हुन्छन् की औषधीले नियन्त्रण गर्न निक्कै कठिन हुन्छ । र समयमै उपचार नपाएमा विरामीको मृत्य पनि हुनसक्छ । त्यसैले यो रोगका बारेमा बेलैमा बच्ने जानकारी, रोकथाम र उपचारका बारेमा जनीराख्नु राम्रो हुन्छ । यो अवस्थामा रगतमा मुख्य भूमिका रहने निउट्रोफिल र प्लेटलेटको संख्या घटेर आउँछ । जसका कारण शरीर धेरै कमजोर र अन्य संक्रामक रोगले समात्न सक्ने या शरीरका विभिन्न भागबाट रगत बग्न सक्ने हुँदा ज्यान जोखिममा रहने गर्छ । शरीरलाई मजबुत राख्ने निउट्रोफिल र प्लेट्लेट कम हुन गएमा यो समस्यामा अरु संक्रमण हुने सम्भावना धेरै रहन्छ । त्यसैले पनि शरीर जहिले पनि स्वस्थ रहनु आवश्यक हुन्छ । यसकालागि नियमित व्यायाम योग शुद्ध आहार, प्रयाप्त निद्रा र तनाव रहित रहनु आवश्यक हुन्छ ।

………………………………………………………………………………………………………………………………………………………..

रेक बर्ष वर्खायाम सगै डेङ्गु जस्ता ज्यानलेवा विरामी फैलिने गर्छन । यो वर्ष पनि धरान र अन्य शहरमा डेङ्गु सङक्रमणले छोपी सकेको छ । लामखुट्टेको संख्या पनि हरेक शहर र गाउँमा यही मौषममा वढेको छ । यिनै मध्येको डेङ्गु फैलाउने लामखुट्टे पनि वढीरहेका छन् । र, डेंगुका विरामी देखिएको धेरै संचारमाध्यममा आएको छ । यो ज्यानलेवा संक्रामक रोगबाट बच्ने एउटै उपाय सरसफाई हो भनेर धेरैलाई जानकारी भए पनि हामी गाउँघर सफा राख्न सकिरहेका छैनौँ । हामी हरेकले आप्mनो घर आंगन र वरपर सफा राख्ने हो भने, नबुझेकालाई बुझाउने हो भने, सचेतना सम्बन्धी कार्यक्रमहरु अरु धेरै गर्ने हो भने, पुराना टायर, पानी जम्ने ठाउँ, खाल्डाखुल्डी पुर्ने हो भने र सफा पानी जम्ने स्थान अनि घरमा रहेका फ्रिज या अन्य सामाग्रीमा लामो समयसम्म पानी नजम्ने व्यवस्था मिलाउने हो, चर्पी व्यवस्थित बनाउने हो भने पनि हामी धेरै प्रकारका संक्रामक रोगबाट बच्न सक्छौ. । बेलाबेलामा गाउँ या नगरपालिकाले लामखुट्टे र अन्य परजीवि मार्ने विषादी छर्किएमा धेरैखाले यस्ता संक्रामक या महामारी मञ्चाउने रोगबाट बच्न सकिन्छ ।

डेङ्गु एउटा कडा खाले भाइरसबाट लाग्ने रोग हो । एडिस एजिप्थाई नामको फिमेल लामखुट्टे जो यो भाइरसबाट संक्रमित हुन्छ स्वास्थ मानिसमा टोकेमा या स्वास्थ लामखुट्टेले संक्रमित व्यक्तिको रगत चुसेर अर्को व्यक्तिलाई डसेमा यो रोग सर्ने सम्भावना धेरै हुन्छ । यसमा पनि यदि सम्बन्धित मानिसमा त्यो भाइरससँग लडने रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थामा रोगका लक्षणहरु देखा पर्छन भने यदि रोग प्रतिरोधात्मक क्षमता बलियो छ भने पनि भाइरस शरीरमा रहिरहन्छ । त्यो मानिसलाई माथि भनिएको लामखुट्टेले टोकेमा र अर्को मानिसलाई टोकेमा भाइरस सर्ने र रोगका लक्षण सर्ने हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै सबै भन्दा बुद्धिमानी र यसलाई नै फैलिन नदिनु र भएकालाई पनि नष्ट गर्ने उपाय अबलम्बन गर्नु सबैभन्दा राम्रो कार्य हो । रोग प्रतिरोधात्मक क्षमता वढाउनु भनेको कुनै पनि संक्रामक भाइरसको संक्रमणबाट बच्नु पनि हो ।

………………………………………………………………………………………………………………………………………………………………..

नेपालमा मात्र नभएर छिमेकी देशमा पनि डेङ्गु रोगले धेरैको ज्यान आएको हुँदा यो रोगका लक्षण र बचावका उपायहरुको जानकारी हुनु आवश्यक छ । यो एक ज्यानलेवा संक्रामक रोग हो । यसले शरीरका माशपेशी मात्र नभएर हड्डीसम्म असैय हुने गरी दुख्ने हुँदा यस रोगलाई हड्डीतोड ज्वरो पनि भनिन्छ । यो मुख्य गरेर दुई प्रकारको हुन्छ । हेमोरेजिक अर्थात मुख र अन्य शरीरका भागबाट रक्तनसा फुटेर रगत बग्ने र अर्को ज्वरो आउने अनि जीउ, टाउको, शरीरका हड्डीसम्म दुख्ने । यसका लक्षणहरु यति कडा हुन्छन् की औषधीले नियन्त्रण गर्न निक्कै कठिन हुन्छ । र समयमै उपचार नपाएमा विरामीको मृत्य पनि हुनसक्छ । त्यसैले यो रोगका बारेमा बेलैमा बच्ने जानकारी, रोकथाम र उपचारका बारेमा जनीराख्नु राम्रो हुन्छ । यो अवस्थामा रगतमा मुख्य भूमिका रहने निउट्रोफिल र प्लेटलेटको संख्या घटेर आउँछ । जसका कारण शरीर धेरै कमजोर र अन्य संक्रामक रोगले समात्न सक्ने या शरीरका विभिन्न भागबाट रगत बग्न सक्ने हुँदा ज्यान जोखिममा रहने गर्छ । शरीरलाई मजबुत राख्ने निउट्रोफिल र प्लेट्लेट कम हुन गएमा यो समस्यामा अरु संक्रमण हुने सम्भावना धेरै रहन्छ । त्यसैले पनि शरीर जहिले पनि स्वस्थ रहनु आवश्यक हुन्छ । यसकालागि नियमित व्यायाम योग शुद्ध आहार, प्रयाप्त निद्रा र तनाव रहित रहनु आवश्यक हुन्छ ।
अन्त्यमा, हामी मानिस प्राणी मध्येका बुद्धि र विवेक भएका हौं । कुनै कुराको समस्या छ भने त्यसको सामधान पनि हुन्छ । सामधान पनि हामीसँगै छ । खाली हामी सचेत र जागरुक हुनु पर्दछ । यस्ताखाले रोगबाट बच्न हामीले आप्mनो घर, आगन, टोल अनि गाउँ या नगर सफा राख्नु पर्दछ । सफा या फोहोर पानी जमेको भए या खाल्डा खुल्डी भए पुर्नु पर्छ । विशेष गरेर यो रोग फैलाउने लामखुट्टे सफा जमेको पानीमा फुलपार्ने हुँदा त्यस्तो पानी जमेको ठाँउलाई पानी नजम्ने बनाउनु पर्दछ । सम्भव नभए केमिकल या मट्टितेल छर्कनु पर्दछ । घर वरपर रहेका टायर र अन्य पानी जम्ने बस्तु भए हटाउनु पर्दछ । राती या दिउसो सुत्दा झुल अनिवार्य लगाउनु पर्दछ । घर बाहिर हिँड्दा या घरमै या अफिसमा बस्दा पूरा बाउला भएका लुगा लगाउनु पर्दछ ।

ओडोमास जस्ता लोशन लगाएर हिँड्नु या सुत्नु बच्ने उपायमा पर्दछन् । घरमा फ्रिज भए पछाडी जम्ने पानीलाई सफा गरिरहनु पर्दछ । संक्रमण हने सम्भावना रहेमा या ज्वरोसँगै जिउ दुख्ने लक्षण देखिएमा तुरुन्तै स्वास्थ केन्द्र या चिकित्सकसँग सम्पर्कमा रहनु पर्दट । यो रागको या यो रोग निम्त्याउने भाइरसको औषधी उपलब्ध हुन नसकेका कारण उपचार पनि अझै जटिल रुपमा नै रहेको हुँदा विरामीको लक्षण अनुसार अस्पतालमा राखेर उपचार गरिने गरिन्छ । होमियोप्याथिक चिकित्सा प्रणालीमा भने हरेकखाले रोगको लक्षण चिन्हका आधारमा उपचार गरिने हुँदा डेङ्गु जस्ता संक्रामक रोगको उपचार यो चिकित्सा विज्ञानमा रहेको कुरा पनि यो पक्तिकार सम्पूर्ण नागरिकमा जानकारी गराउन चाहन्छु र घर टोल आँगन सफा राखौं । सामान्यतया ज्वरो आउदा खाने औषधि प्यारासिटामोल हो । यसैलाई सेवन गरौं । अन्य कडा औषधि नखाऔं । आराम गर्ने, प्रसस्त झोल पदार्थ पिउने । सफा ठाउँमा बस्ने । हौसला कायम राख्ने गरौं । अफु पनि बचौंं अरुलाई पनि बचाऔं ।

                               (लेखक, रीता होमियो क्लिनीक सेन्टर दमकका संचालक हुन् । )

Leave a Reply

Your email address will not be published.