दमक, २१ असार । दमक वडा नम्बर ४ का वडाअध्यक्ष पुण्य प्रसाद दाहालले आफ्नो एक महिनाको पारिश्रमिक स्थानीय एक जना बिरामीको उपचारका लागी सहयोग गरेका छन् ।वडा नम्बर ४ प्रतिभा टोल निवासी ४१ बर्षिय लक्ष्मीप्रसाद धिमालको उपचारका लागी आज धिमालको घरमै पुगेर एक महिनाको पारिश्रमिक मार्फत रु १० हजार रुपैयाँ वडाअध्यक्ष दाहालले उपलब्ध गराएको नेपाली कांग्रेस दमक ४ का वडा सभापति राजेन्द्र सिटौलाले जानकारी दिए ।
धिमाल आफ्ना दुवै मृगौला खराब भएर हाल उपचाररत छन् । बिराटनगरस्थित नोवेल अस्पतालमा उपचाररत धिमालको उपचारका लागी आफ्नो तर्फबाट सानो सहयोग गरेको कांग्रेस नेता समेत रहेका वडाअध्यक्ष दाहालले बताए ।
धिमालको दुबै मृगौला खराब भएकाले उपचारमा ठुलो रकम लाग्ने भएकाले आर्थिक अवस्था पनि कमजोर रहेकाले सबैले सहयोग पुरयाँईदिन उनले आग्रह गरे ।
राहत सहयोग कांग्रेस वडा सभापति सिटौला, सामाजिक अगुवा प्रभु कार्कीसहित कांग्रेस नेता कार्यकर्ता र स्थानीयबासीको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको हो । यसअघि समेत वडाअध्यक्ष दाहालले आफना वडाका विपन्न ,असहाय समुदायलाई आफनो पारिश्रमिकबाट विभिन्न सहयोग पुरयाँउदैआएका छन् ।