धरान ,२२ असार । सुनसरी उद्योग वाणिज्य सङ्घ धरानको अध्यक्षमा विजय श्रेष्ठ विजयी भएका छन् । मंगलबार सप्पन्न अन्तिम मतपरिणाम अनुसार संघको अध्यक्षमा बिजय श्रेष्ठले १२२५ मत प्राप्त गरी विजयी भएका हुन भने उनका प्रतिद्वन्द्वी शिवराज श्रेष्ठले ६३६ मत र पवन अग्रवालले ३३३ मत मात्रै प्राप्त गरेका थिए । यसैगरी बस्तुगततर्फ रामस्वरुप शर्माले ११ मत र नारायण लिम्बुले १० मत प्राप्त गरी विजयी भएका छन् । सोही पदमा अनिल ताम्राकारले ६ र नवीनकुमार तामाङले ९ मत मात्र प्राप्त गरेका थिए ।
उद्योग सदस्यतर्फ पीयूषराज आचार्यले ५७८, प्रभाव खतिवडाले ५३२ , महेन्द्र प्रधानले ५२१ र विष्णु बरालले ४९३ मत प्राप्त गरेर विजयी भएका छन् । सोही पदका लागि चन्द्रप्रसाद बजगाईँले २८४, भोला श्रेष्ठले ३९४ मत मात्र प्राप्त गरेका थिए ।
यसैगरी वाणिज्य सदस्य तर्फ उपेन्द्र चाम्लिङले ६२२, किसान मास्केले ६६४, जयप्रकाश शर्माले ६६४, नवीन राजभण्डारीले ६७५, मनोजकुमार अग्रवाल तोदीले ६१९, राजेश अग्रवालले ६४४, शैलेशकुमार आचार्य (प्रमोद) ले ६५१ र शशि शाहले ६७१ मत प्राप्त गरेर विजयी भएका छन् । सोही पदमा अमित अग्रहरीले ५९०, काजी गिरीले ४१८, दिनेश राईले ४८१, नवीन लिम्बुले ४४७, विवेक अग्रवालले ६१५, रविकुमार राईले ५१६, राजेश श्रेष्ठले ५७९, विश्वराम कार्कीले २१० र सिताराम आचार्यले ५५९ मत मात्रै प्राप्त गरेका थिए ।
वाणिज्य महिला तर्फ वर्षा अग्रवाल श्रेष्ठले ८०१ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका प्रतिद्वन्द्वी ममता शाक्यले ४०७ मत मात्र प्राप्त गरेकी थिइन् । संघकाे एशोसियटतर्फ भने गोपाल श्रेष्ठ, अशोक जैन र राजु साह, उद्योग महिलामा स्तुति श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । संघकाे कार्यसमितिकाे बैठकबाट २ जना र अध्यक्ष आफैले २ जना सदस्य गरी थप ४ जनालाई मनाेनय गर्ने प्रवधान गरेकाे छ । निवर्तमान अध्यक्ष पदेन कार्यसमिति सदस्य रहने छन् । विजय यसअघिको निर्वाचनमा गिरिधारी सापकोटासँग झिनो मतले पराजित उम्मेदवार हुन् भने पवन पूर्व अध्यक्ष हुन् । शिवराज हालका उपाध्यक्ष हुन् । विजय लोकतान्त्रिक प्यानलका र शिवराज वामपन्थी प्यानलका हुन भने पवन स्वतन्त्र उम्मेदवारको रूपमा देखिएका थिए ।
- २९७७ मतदाता रहेको सङ्घको निर्वाचनमा २२७८ मत अर्थात ७६ प्रतिशत मत खसेको निर्वाचन अधिकृत डा.राजेन्द्र शर्माले जानकारी दिए ।