तास खेल्ने ११ जना नगद रु ७ लाखबढी सहित पक्राउ

दमक,२२ असार । तास खेलिरहेको अवस्थामा प्रहरीले दमकबाट रु ७ लाख बढी नगदसहित ११ जनालाई पक्राउ गरेको छ । आज दिउँसो ११ बजे तिर दमक -८ स्थित थिरराज खतिवडाको घरमा तास खेलिरहेको विशेष सुराकी आधारमा ईलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक नवराज कार्कीसहितको टोलीले छापा मारेर ११ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राकेश थापाले बताए ।
प्रहरीले पक्राउ परेका साथबाट ६ बुक ताससहित रु ७ लाख ४५ हजार ५ सय रुपैया समेत बरामद गरिएको उनले जानकारी दिए ।
यसरी पक्राउ पर्नेमा २९ बर्षिय घरधनी खतिवडासहित दमक १ बस्ने बर्ष ५४ का नरेन्द्र थापा ,सोहि वडाका २३ बर्षिय नरेन्द्र लिम्बु ,दमक २ का ४३ बर्षिय हर्क धिमाल ,दमक ६ का ३१ बर्षिय चन्द्र लिम्बु , दमक ७ बस्ने बर्ष ४० क कृष्ण खतिवडा,दमक ९ बस्ने बर्ष ३७ का सुरेन्द्र श्रेष्ठ , दमक ८ बस्ने बर्ष ४४ का पूर्ण प्रकाश रिजाल , सोहि वडाका २८ बर्षिय सुसन रिजाल ,दमक ७ कै ३८ बर्षिय कुलराज खड्का र ईलाम ,चुलाचुली ६ का ३७ बर्षिय हर्क लिम्बु रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेकालाई इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता डिएसपी थापाले बताए ।

Leave a Reply

Your email address will not be published.