मोरङ ,२२ असार । जमेको पानीको खाल्डोमा डुबेर मोरङको सुनबर्षी नगरपालिका–९ स्थित चन्दनखाडीका नारायण राजबंशीको ५ बर्षीय छोरा उमङ्ग राजबंशी मृत्यु भएको छ ।
खेल्ने क्रममा घर नजिकै रहेको पानीको खाल्डोमा परेर बालकको डुबेर मृत्यु भएको हो । घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।