दुर्घटनामा मोटरसाईकल चालकको मृत्यु

दमक ,२२ असार । झापाको बुद्धशान्ति–४, जोगीडाँडामा दुर्घटना हुदाँ एक जनाको मृत्युभएको छ । प्रहरीका अनुसार सोमबार साँझ ७ बजे पिकअप र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाईकल चालक इलाम गोलाखर्कका नारायण कार्कीको मृत्यु भएको हो ।
इलामबाट सब्जी बोकेर झापा तर्फ आँउदै गरेको ना ३ च ४०३३ नम्बरको पिकअप र झापाबाट इलामतर्फ जाँदै गरको मे ९ प ९२०२ नम्बरको मोटरसाइकल दुर्घटना हुदाँ त्यसमा पछाडी बस्ने मनिष श्रेष्ठ भने गम्भीर घाइते भएको र उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.