पोषणस्तर सुधार तथा क्षमता अभिबृद्धि तालिम

पथरीशनिश्चरे, २१ असार । मोरङको पथरीशनिश्चरे नगर मातहतका स्वास्थ्यकर्मीहरुका लागि बृहत पोषण प्याकेज तथा क्षमता अभिबृद्धि तालिम गत १८ गतेदेखि सञ्चालन भइरहेको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाद्वारा नगरका वालवालिका, गर्भवती महिला, किशोर किशोरीसहितको पोषणस्तर सुधारका लागि ७ दिने तालिमको आयोजना गरिएको हो ।
नगरभित्रका ३० जना स्वास्थ्यकर्मीको सहभागिता रहेको उक्त तालिममा कोशी अस्पतालकी स्वास्थ्यकर्मी रोजिना राई, स्वास्थ्यकर्मी जगत मगर र प्रेमलाल लिम्बूले सहजिकरण गरिरहेका छन् । तालिमको उद्घाटन कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, सामाजिक विकास समिति अध्यक्ष कपिलमणि ढकाल, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य सहितको उपस्थितिमा भएको थियो।

Leave a Reply

Your email address will not be published.