दमकमा १८४ जना नसर्ने रोगीलाई मासिक सुविधा

दमक, २० असार । दमक नगरपालिका भित्रका १८४ जना नसर्ने रोगका विरामीहरुले मासिक रुपमा सुविधा पाउदैआएका छन् । सरकारले क्यान्सर, मेरुदण्ड पक्षाघात र मिगौंलाको बिरामीलाई मासिक रु ५ हजार पाउदैआएको छ ।
नगरपालिकाको सामाजिक विकास शाखाले आज सार्वजनिक गरेको प्रतिवेदन अनुसार नगर भित्रका १० वटै वडाका १८४ जनाले सुविधा पाउदैआएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले सार्वजनिक सूचना गरि नगरभित्रका लाभग्राहीहरुलाई निवेदन दिन आव्हान गरेको थियो । सोहि अनुसार छनौट भएका ती लाभग्राहीहरुलाई बैंकमार्फत सुविधा उपलव्ध गराउर्दै आएको सामाजिक विकाश शाखाकी संयोजक शारदा भट्टराईले बताईन् ।
सोहि वर्ष नगरपालिकाले २ सय विपन्न सुत्केरीलाई पोषण समेत उपलव्ध गराएको ,२१० जना दिर्घरोगीहरुलाई सहुलियत उपचारका लागि नियमानुसार सिफारिस गरिएको नगरपालिकाले जनाएको छ ।

६ हजार ५ सय बढी सुत्केरी

यसैगरि सरकारी अस्पताल दमक अस्पताल र सामुदायिक अस्पतालका रुपमा रहेको आम्दा अस्पतालमा गएको वर्ष ६ हजार ५ सय बढी महिलाले सुत्केरी सुविधा पाएका छन् । नगरपालिका अन्तर्गत सञ्चालित दमक अस्पतालमा ७२९ र आम्दामा ५८५९ जना महिलाले सुरक्षित प्रसुति गराएको नगरपालिकाले जनाएको छ ।
दमक अस्पतालमा चालु वर्षदेखि प्रसुति सेवा विस्तार गरिएको थियो भने आम्दामा एक दशक बढीदेखि विभिन्न विशेषज्ञसहित प्रसुति स्वास्थ्य सेवा उपलव्ध हुदैआएको नगर उपप्रमुख रेगिना भट्टराईले बताईन् ।
यसैगरि, कोभिड विरुद्धको बुस्टर डोज भ्याक्सिन ३५ हजार ६ सय ५० जनालाई लगाईएको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.