दमक,२१ असार । दमक ३ निवासी क्यान्सर पीडित नेत्रकुमारी धिमालकाे उपचारका लागि आर्थिक सहयाेग गर्न धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले अपिल गरेकाे छ ।
केन्द्रकि केन्द्रीय सदस्य तथा पूर्व सञ्चारकर्मी समेत रहेकी नेत्रकुमारी लामाे समयदेखि स्तन क्यान्सरबाट पीडित छन् ।
लामाे समय सम्म उपचार गर्नु पर्ने बाध्यता र आर्थिक अवस्था कमजाेर भएकाे कारण अहिले उपचारमा समेत समस्या भएपछि परिवारक्क आग्रहमा जातीय केन्द्रले सबै सङ सहयोगको याचना गरेको हो । ३ वर्षिया छाेरीकी आमा समेत रहेकी उनी सामाजिक, साँस्कृतिक क्षेत्रमा नेतृत्व गर्दै आएकी थिईन ।
दमक-३ दाेघरे निवासी उनकाे भरतपुर क्यान्सर अस्पतालमा उपचार भईरहेकाे छ । उनकाे उपचारमा सहयाेग पुर्याउने हेतुले धिमाल जातीय विकास केन्द्रले केन्द्रीय उपाध्यक्ष शान्तिदेवी धिमालकाे संयाेजकत्वमा ‘नेत्रकुमारी धिमाल बचाउ अभियान समिति’ गठन गरेर सहयाेग संकलन गर्ने निर्णय गरेकाे छ ।
अभियान समितिले सहयाेगी मनहरुलाई धिमाल जातीय विकास केन्द्र, राहत काेष बैक खाता नं. १०३०००४२CA (प्राईम कमर्सियएल बैंक, उर्लाबारी) वा अभियान समितिका सदस्यहरुलाई सम्पर्क गरि सहयाेग गर्न आब्हान गरेकाे छ । धिमाल जातिय विकास केन्द्रले उपाध्यक्ष शान्तिदेवि धिमाल संयाेजक रहने गरि ९ सदस्य अभियान समिति निर्माण गरेकाे छ । सदस्यहरुमा मातृका धिमाल, रत्नबहादुर धिमाल, अजितकुमार धिमाल, मणिराज धिमाल, राेमान्सी धिमाल, माेहनकुमार धिमाल, सुरेन्द्र धिमाल, श्रीप्रसाद धिमाल लगायत छन् ।