झापामा निषेधज्ञा खुकुलो, अव सार्वजनिक यातायात र होटल पनि खुल्ने

दमक,२१ असार । झापामा निषेधाज्ञा थप खुकुलो बनाउँदै लगिएको छ ।जिल्ला प्रशासन कार्यालय झापाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै लगाएको निषेधाज्ञा थप खुकुलो गरिने निर्णय भएको हो । आज जिल्ला प्रशासन कार्यालय झापामा बसेको डिसीसीएमसीको बैठकको निर्णयानुसार जारी निषेधाज्ञामा अब झापाबाट मोरङ, सुनसरी तथा इलाम सम्म सार्वजनिक यातायात पनि जोर विजोर प्रणालीमा सञ्चालन गर्न भनिएको छ ।

असार ३१ सम्म निषेधाज्ञालाई लम्बाउने तर खुकुलो बनाउने निर्णय भएको हो ।प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सीनाद्धारा हस्ताक्षारित निषेधज्ञा आदेशमा बजार तथा पसलको हकमा व्यवसायीले बिहान ६ बजे देखि बेलुका ५ बजेसम्मका लागि सञ्चालन गर्न पाउने जनाइएको छ । होटेल तथा रेष्टुरेन्टहरुले टेक– अवे सेवा बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.