
चीनको ‘वान बेल्ट वान रोड ’अवधारणा अनुसार नेपालमा विभिन्न परियोजना भित्रिएका छन् ।नेपालमा चीनको प्रत्यक्ष लगानीमा निर्माण गरिने भनिएको परियोजना ‘चीन –नेपाल मैत्री पार्क’ दमक क्लिन पार्क हो ।
झापा जिल्लाको दमक नगरपालिका,कमल गाउँ पालिका र गौरादह नगरपालिकाको सङ्गम पारेर निर्माण गरिने भनिएको चीन नेपाल मैत्री पार्क पनि चीनको दक्षिण पूर्व एशियामा आफ्नो शक्ति फैलाउने रणनैतिक ढोका(Startegy Door)हुन सक्ने अनुमान गरिएको छ । सुरुमा राम्रा राम्रा लक्ष्य र उद्देश्य बताएर प्रवेश गर्ने र कालान्तरमा त्यसैलाई हतियार बनाउन सक्ने प्रबल सम्भावना हुन सक्छ ।
नेपाल दक्षिण पूर्वी एशियाको एक भुपरिबेष्ठित राष्ट्र हो । नेपालको पूर्व,दक्षिण र पश्चिममा भारत छ भने उत्तरमा गणतन्त्र चीन छ । भारत संगको सम्बन्ध भौगोलिक अवस्थितिले सहज,सरल र अनुकुल छ भने चीन सँगको असहज र प्रतिकूल छ । नेपाल एक असंलग्न राष्ट्र भएकाले भारत र चीन दुबैसँगको सम्बन्धमा पञ्चसीलको सिद्धान्त अनुसार समान भूमिका निर्वाह गर्नु पर्ने हुन्छ । नेपालको भुराजनैतिक परिस्थितिले आदिम कालदेखि भारतसंगको सम्बन्ध जती सतहीबाट लचिलो छ त्यति चीन सँग छैन् । चीन आफूलाई विश्व शक्तिराष्ट्रको रुपमा परिचित गर्न चाहन्छ । विश्वमा उदयमान शक्ति राष्ट्र भारतसँग काउन्टर गर्न चीन नेपालमा दर्बिलो उपस्थिति कायम गर्न चाहन्छ । चीन आफ्नो स्वार्थ सिद्धि गर्दै व्यापार वृद्धि गर्न र आफू अनुकुलको आन्तरिक र बाह्य वातावरण कायम गर्न नेपाललाई रणनैतिक ढोका (Startegy Door)को रुपमा राख्न र प्रयोग गर्न चाहन्छ ।
चीनको ‘वान बेल्ट वान रोड ’अवधारणा अनुसार नेपालमा विभिन्न परियोजना भित्रिएका छन् ।नेपालमा चीनको प्रत्यक्ष लगानीमा निर्माण गरिने भनिएको परियोजना ‘चीन –नेपाल मैत्री पार्क’ दमक क्लिन पार्क हो । झापा जिल्लाको दमक नगरपालिका,कमल गाउँ पालिका र गौरादह नगरपालिकाको सङ्गम पारेर निर्माण गरिने भनिएको चीन नेपाल मैत्री पार्क पनि चीनको दक्षिण पूर्व एशियामा आफ्नो शक्ति फैलाउने रणनैतिक ढोका (Startegy Door)हुन सक्ने अनुमान गरिएको छ । सुरुमा राम्रा राम्रा लक्ष्य र उद्देश्य बताएर प्रवेश गर्ने र कालान्तरमा त्यसैलाई हतियार बनाउन सक्ने प्रबल सम्भावना हुन सक्छ ।
तत्कालीन श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षेको आग्रहमा चीन सरकारले एउटा अन्तर्राष्ट्रिय स्तरको बंदरगाह बनाउने सम्झौता भयो । सुरु सुरुमा श्रीलंकाली जनतालाई मिठो सपना र लोभमा पारेर राजापाक्षेले चीनसँग उक्त सम्झौता गरे । हाम्बन टोटा नाम दिइएको उक्त बंदरगाहले श्रीलङ्कामा ठूलो बहस र चर्चा पाएको थियो । चीनको सरकारी कंपनी ‘हार्वर इन्जीनियरीङ कम्पनी’ले निर्माण गरेको उक्त बन्दरगाह १५०० एकड क्षेत्रमा फैलिएको छ र १८ नोवेम्बर २०१० मा यो बंदरगाह खुल्ला गरिएको थियो । चीनको आर्थिक ऋण लगानीमा निर्माण गरिएको उक्त बंदरगाहलाई राष्ट्रपति राजापाक्षेले आफ्नो राजनैतिक स्वार्थ सिद्धिमा जोडे । आफूले चुनावमा जनमत जित्नका लागि चीनलाई बन्दरगाहको लगानी माध्यमबाट भित्र्याई श्रीलङ्कामा ब्रम्हलुट नै मच्चाए । चीनको ठूलो ऋण लगानी रहेकोले उक्त ऋण तिर्न नसकी श्रीलङ्का सरकारले ‘हाम्बन टोटा ’बंदरगाह १०० वर्षको लागि चीनलाई बुझाउन बाध्य भयो । आखिर चीनको गोप्य रणनीति योजना सफल पनि भयो ।
चीन अत्यन्त चतुर , सुरक्षित र गोप्य तरिकाले आफ्नो रणनीति प्रयोग गर्दै नेपालको बाटो प्रयोग गरी भारतको बिहार र उत्तर प्रदेश राज्यमा आफ्नो उपस्थिति देखाउन चाहान्छ । दक्षिण पूर्वी एशियाली मुलुकमा नेपाल चीनको पहिलो पर्यटकीय गन्तब्य राष्ट्रको रूपमा रहेको छ र त्यसैको रणनैतिक योजनामा नै वान बेल्ट वान रोड परियोजना अन्तर्गत चीन नेपाल मैत्री पार्क आएको हुन सक्ने सम्भावना रहेको नेपालका जानकारहरु बताँउछन् ।
राष्ट्रिय गौरवको आयोजना निर्माण गर्दा राष्ट्रिय आम सहमति र स्थानीयको अर्थपूर्ण सहभागिता जुटाउनु अति आवश्यक हुन्छ । राष्ट्रिय सहमति बेगर हचुवाको भरमा र चुनावी अभिमत बटुल्ने अभिप्रायले जबर्जस्ती लाद्न खोजिएको गौरबको आयोजना कागजमा र शिलान्यासमा मात्र सीमित रहन सक्छ । त्यस्तै चीन नेपाल औद्योगिक मैत्री पार्क पनि विभिन्न समस्यामा अल्झिएको छ । यो पार्क पनि राजापाक्षेको जस्तै मत अभिमत बटुल्न आएको ‘हाम्बन टाटा’जस्तै त हुने होइन ? त्यसैले सिउनेले लाउनै पाउँदैन लाउनेले देखनै पाउँदैन भने जस्तै संझौता गर्नेले यो पार्कको असली रुप देखनै पाउँदैन र देख्नेले भोग्नै पाउँदैन की ?
(लेखक – संघीय लिम्बूवान पार्टीका केन्द्रीय उपमहासचिव हुन् । )