करेन्ट लागेर दुई जनाको मृत्यु

दमक,२० असार । करेन्ट लागेर इलाम र ताप्लेजुङमा गरि दुई जनाको मृत्युभएको छ । यसरी मृत्यु हुनेमा ईलाम, माङसेबुङ गाँउपालिका -५ का ४२ बर्षीय प्रविन राई र ताप्लेजुङ सिरिजंघा गाऊपालिका- २ बस्ने २२ बर्षीय प्रमोद कुवर रहेका छन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार शनिवार बेलुका साढे ७ बजे तिर माई नगरपालिका ४ स्थित मानिस नबसेको घरबाट विद्युतको तार जोडी गङटेखोलामा माछा मार्ने क्रममा राईलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भिर घाईते भएका उनको उपचारको लागी लैजादै गर्दा बाटैमा मृत्यु भएको हो ।
यता स्थानीय सुन्तली हाईड्रोपावरमा काम गर्ने सोही स्थानका कुवँरको शनिवार दिउँसो हाईट्रोपावरमा रहेको ट्रान्सफर्मरमा फ्युज चेन्ज गर्ने क्रममा करेन्ट लागी मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.