दमक,२० असार / दमक ५ मा मुख्य कार्यालय रहेको डाँफे बचत तथा ऋण सहकारी संस्थाले आज आफ्नो सोह्रौं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । स्थानीय मारवाडी सेवा समितिको हलमा एक औपचारीक कार्यक्रम गरी सहकारीले रक्तदान सहित निशुल्क स्वास्थ्य शिबिरको आयोजना गरि स्थापना दिवस मनाएको हो ।
नेपाल वचत तथा ऋण सहकारी संघ (नेफ्सकुन)का केन्द्रीय अध्यक्ष परितोष पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थामा उत्कृष्ट कारोबार गर्ने ३८ जना सदस्यहरुलाई पुरस्कृत समेत गरिएको थियो । सहकारीका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघका सञ्चालक सदस्य हिमालय कन्दङवा, कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मणी भण्डारी, मेचि सहकारी संस्थाका सचिव राजेन्द्र दाहाल लगायतले सुभकामना मन्तव्य राखेका थिए ।
स्थापना दिवसकै अवसर पारेर रक्तदान कार्यक्रम सहित स्वास्थ्य शिविर समेत राखिएको थियो । नेपाल रेडक्रस सोसाईटी उप शाखा दमकको प्राबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५२ पिन्ट रगत संकलन भएको थियो । त्यस्तै स्थानिय होमताङ आयुर्वेद अस्पताल संगको सहकार्यमा निशुल्क स्वास्थ्य शिबिर समेत सञ्चालन गरिएको थियो ।