सेनिटरी प्याड खरिदमा चलखेल प्रकरण : छानविन समिति बनाउन नेकपा (एस)को माग

दमक,२० असार । नेकपा (एकीकृत समाजवादी) दमक नगर समितिले दमक नगरपालिकाका १७ सामुदायिक विद्यालयमा सेनिटरी प्याड खरिदमा भएको चलखेल छानविन गर्न गरेको छ । नगर अध्यक्ष महेश घिमिरेले आज एक विज्ञप्ति जारी गर्दै छानविन समिति तत्काल बनाएर छानविन गर्न माग गरेका हुन् ।

सेनिटरी प्याड खरिद प्रकरणमा नगरपालिकाले चलखेल गर्दा हालसम्म विद्यार्थीले प्याड नपाएको समाचार आइतबार राजधानिको एक अखबारमा प्रकाशन भएको थियो । दुईपटक बोलपत्र मूल्यांकन समितिले अस्वीकृत गरेको जस्मिन हाइजिन प्रोडक्टसँग नगरपालिकाले करिब २० लाखमा खरिद सम्झौता गरेको थियो । पछि करिब ३४ लाखको सेनिटरी प्याड दमकका १७ सामुदायिक विद्यालयमा जस्मिनले पुर्याएको छ । नगरपालिकाले आफू फस्ने डरले विद्यालयका खातामा पैसा निकासा गरेको थियो ।

‘प्रकाशित समाचारले प्याड खरिदमा अनियमितता आशंका प्रष्ट हुन्छ । विद्यालया दुई वर्षदेखि प्याड जान नसक्नु, खरिद भएको प्याडमा पनि चलखेल गरिनु गम्भीर विषय हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यो घटनाबारे नगरपालिकाले तुरुन्त छानविन समिति बनाएर सत्यतथ्य बाहिर ल्याउन हाम्रो पार्टी माग गर्दछ । अन्यथा आन्दोलनमा उत्रन हामी बाध्य हुनेछौँ ।’

Leave a Reply

Your email address will not be published.