कनकाईमा ‘स्थानीय आवश्यकता र बजेटको प्राथमिकता’ विषयक साक्षात्कार

सुरुङा , २० असार । झापाको कनकाई नगरपालिकामा ‘स्थानीय आवश्यकता र बजेटको प्राथमिकता’ विषयक साक्षात्कार कार्यक्रमको आयोजना गरिएको छ ।

कनकाई नगरपालिकाको आर्थिक सहयोग र रिपोर्टस क्लब मेचीको आयोजनामा उक्त साक्षात्कार कार्यक्रम सम्पन्न भएको हो । क्लबका अध्यक्ष शेखर सेढाईको अध्यक्षतामा भएको कार्यक्रम नगर प्रमुख राजेन्द्र पोखरेलको प्रमुख आतिथ्य तथा उपप्रमुख आशा शर्मा शिवाकोटी बिशेस आतिथ्य रहेको थियो ।

नगरप्रमुख पोखरेलले नगरको आगामी बजेट आवश्यकताको आधारमा तयार गरिएको बताए । उनले यो वर्ष कृषिलाई प्राथमिकता दिइएको बताउँदै समग्र नगरको सर्वाङ्गिण विकासमा बजेट केन्द्रीत रहेको उल्लेख गरे । त्यस्तै उपप्रमुख शिवाकोटीले सबै वडाहरुलाई सिलिङ बजेट तोकिसकेको र सोही बजेटको अधिनमा रहेर वडाहरुले प्राथमिकताका आधारमा आआफ्ना योजना बनाउने बताइन् । उनले हालको बजेट अनुमानित मात्र भएकाले सुधारका पक्षलाई आत्सात गरेर कार्यान्वयनमा लगिने उल्लेख गरिन् ।

कार्यक्रममा नगरका आवश्यकता, समस्या र आगामी योजनाका बारेमा चर्चा गरियो । कार्यक्रममा नगर सरोकार राख्ने विभिन्न १६ वटा बुँदामा प्रश्न राखिएको थियो । कार्यक्रम नगरपालिकका जनप्रतिनिधिहरुले आफ्ना भावि योजनाका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा सहभागी वडाध्यक्षहरु सुशीलकुमार पोखरेल, बलराम राई, युवराज चम्लागाईं, रोषन सुवेदी, दीर्घबहादुर थापा, लीलाबहादुर कटुवा, कार्यपालिका सदस्य नवलकिशोर दत्त, महिला सदस्य निर्मला खड्का, अरुणा सुब्बा, राधाकुमारी विश्वकर्मा, सावित्रादेवी बर्देवा, कल्पना विश्वकर्मा, वडासदस्य भगन टुडू, जिसस सदस्य सन्तोष शोरेन लगायतले आआफ्ना वडाका भावी योजनाका बारेमा जानकारी गराएका थिए ।कार्यक्रममा नगरपालिकाका कर्मचारी लक्ष्मीप्रसाद अधिकारी, विवेक भण्डारी, विजय पाठक लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको औचित्यमाथि क्लबका अध्यक्ष शेखर सेडाईले प्रकाश पारेका थिए भने कार्यक्रमको सञ्चालन क्लबका उपाध्यक्ष तुलसीप्रसाद निरौलाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.