
दमक,२० असार । दमकमा लायन्स फुड बैक स्थापना गर्न तयारी तीव्र पारिएको छ ।। फुड बैकका लागि आवश्यक तयारी पूरा भएको जनाईएको छ । लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ ए वानका गर्भनर रेवतबहादुर कार्कीसहितको लायन्स पदाधिकारीहरुको उपस्थितिमा शनिबार दमकमा लायन्स फुड बैंक घोषणा गरिएको हो ।
फुड बैंक स्थापनामा दमकका १७ वटा विभिन्न लायन्स क्लवहरुको सहभागिता रहने इम्प्याक्ट लायन्स लिडर ज्ञाननाथ पौड्यालले बताएका छन् । उनका अनुसार फूड बैकमा शनिवार सम्म ९ हजार केजी चामलको प्रतिबद्धता आएको छ । फुड बैंकमा कम्तिमा पनि १५ हजार केजी चामल राखिने र त्यस्ता चामल खाद्यान्न अभाव झेलिआएका अति विपन्न परिवारलाई वितरण गरिने उनले जनाए ।
फूड बैकमा लायन्स क्लव अफ झापाले ५ सय केजी चामल फुड बैंकमा उपलब्ध गराउने क्लवका अध्यक्ष अशोक चौधरीले बताए ।
दमकमा छरिएर रहेका लायन्स क्लवहरुले सामूहिक रक्तदान, फूडबैक,स्वास्थ्य शिविर,वृक्षरोपण लगायतका विभिन्न सामाजिक कार्यहरु गरिआएको रिजन चियर पर्सन दिवश राईले बताएका छन् ।