मेची सहकारीलाई उत्कृष्ट राष्ट्रिय सहकारी पुरस्कार

दमक,२० असार । झापाको दमक ६ मा मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले उत्कृष्ट सहकारी ब्यबसाय पुरस्कार प्राप्त गर्न सफल भएको छ ।

१ नं. प्रदेशबाट सहकारी व्यवसायका माध्यमद्वारा वित्तीय पहुँचका साथ विविध सेवाहरु प्रवाह गरी सदस्यहरुको आर्थिक तथा सामाजिक विकासमा उल्लेख्य योगदान पु¥याए बापत १०० औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर राष्ट्रिय सहकारी महासंघद्वारा सो पुरस्कार प्रदान गरेको हो । गत असार १८ गते काठमान्दौमा एक कार्यक्रमका बिच उक्त पुरस्कार भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयकी मन्त्री शशी श्रेष्ठले संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईलाई नगद २५ हजार र उत्कृष्टताको प्रमाण पत्र प्रदान गरेकी थिइन् । महासंघले गत ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा देशका सातवटै प्रदेशहरुका उत्कृष्ट सहकारीहरुलाई पुरस्कृत गर्ने घोषणा गरेको थियो ।महासंघले प्रदेश नं १ बाट मेची सहित मधेश प्रदेशबाट बागदेव दुग्ध उत्पादक सहकारी संस्था, निजगढी बारा, बागमती प्रदेशबाट हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लि.तिनकुने, काठमाडौं, गण्डकी प्रदेशबाट कालिगण्डकी महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि.पैंयुपाटा, बागलुङ्ग, लुम्बिनी प्रदेशबाट सिको बचत तथा ऋण सहकारी संस्था ठाकुरबाबा, बर्दीया, कर्णाली प्रदेशबाटबाट जनहितकारी बचत तथा ऋण सहकारी संस्था वीरेन्द्रनगर, सुर्खेत र सुदुरपश्चिम प्रदेशबाट एकता प्रगतिशील बचत तथा ऋण सहकारी संस्था गोदावारी, कैलाली पुरस्कृत भएका हुन् ।

Leave a Reply

Your email address will not be published.