राष्ट्रिय बहुमुखी सहकारीको रक्तदान,६३ पिन्ट रगत संकलन

दमक ,१९ असार । दमक ८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाले आफ्नो रजत बर्षको अवसर पारेर बुधबार आयोजना गरेको रक्तदान कार्यक्रममा ६३ पिन्ट रगत संकलन भएको छ ।संस्थाको कार्यलयमा भएको रक्तदानमा १२ महिला सहित ६३ जनाले रगतदान गरेको कार्यक्रम संयोजक पारसमणि राईले बताए । रजत जयन्तीका अवसरमा संस्थाको बार्सिक कार्यक्रम अन्तरगत रगतदान गरिएको उनले जानकारी दिए ।
रक्तदानमा सहकारीका अध्यक्ष एलडि राई,सचिब दिपेनवाला राई ,सदस्यहरु पारस राई ,बिश्नु सुब्बा,कर्मचारी चन्द्रबहादुर कन्दङ्वा ,पत्रकारहरु गिरिराज भटटराई ,बिश्नु पौडेल,कमलनगर अस्पतालका जनस्वास्थ्य निरीक्षक दिपक दाहाल,शिक्षक ओमप्रकाश गौतम ,बिमला राईलगायतले रगतदान गरेका छन् । ती मध्ये गौतमको यो ४६ औं पटक रक्तदान हो भने पारस र बिमला दम्पती हुन ।
रक्तदाताहरुलाइ मायाको चिनो स्वरुप टिसर्त प्रदान गरिएको थियो ।रक्तदान रेडक्रस दमक उपशाखाको रक्तसञ्चार सेवा केन्द्रको प्राबिधिक सहयोगमा भएको थियो ।
दमक वडा नम्बर ८का अध्यक्ष दिपेश दहालको प्रमुख आतिथ्यता भएको रक्तदान कार्यक्रममा रेडक्रस सचिव घनश्याम कोइराला, जीवन चक्र समाज अध्यक्ष गणेश गौतम , संस्थाका उपाध्यक्ष कृष्ण गोले ,कोषध्यक्ष टंक दुलाल,सहसचिव फुलकुमारी मगर, रक्त संचार सेवा केन्द्र दमकका प्रवर्तक सिद्धार्थ दाहाल,संचालक समितिका पदाधिकारी ,सदस्य ,लेखा तथा विभिन्न उपसमितिका पदाधिकारी तथा सदस्यहरु,शेयर सदस्यहरु, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published.