राष्ट्रिय रिङ रेस्लिङको उपाधि नुवाकोटे टाइगरलाई

दमक ,१९ असार । राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको उपाधि नुवाकोटे टाइगरले जितेका छन् । टाइगरले आफ्ना प्रतिद्वन्द्वी डेविडलाई लक लगाउँदै उपाधिको रक्षा गर्न सफल बनेका हुन ।
टाइगरले ह्याभी वेटतर्फ डेविडलाई पाखा लगाउदै प्रतियोगिताको उपाधिसँगै नगद एक लाख २५ हजार प्राप्त गरेका छन ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा झापाको केरखामा सनिवार सम्पन्न भएको निकै खेलमा टाइगरले डेविडमाथि धेरैपटक सशक्त प्रहार गरेका थिए ।

प्रतियोगिताको हार्ड कोरतर्फको उपाधि डेविडले जिते । उनले उपाधिसहित नगद १ लाख रुपैयाँ प्राप्त गरे । डेविडले चट्टानलाई हराउँदै उपाधि जितेका हुन् ।

ट्याग टिम म्याचमा टुप्पी ग्याङ संयुक्त रुपमा विजेता बने । उपाधिसहित दुवैले ७५ हजार रुपैयाँ प्राप्त गरे । उनीहरुले स्पाइडर म्यानको जोडीलाई हराएका थिए ।

मिडल वेट म्याचको च्याम्पियन साइन बने । बाकालाई हराउँदै उपाधि जितेका साइनले ९५ हजार रुपैयाँ प्राप्त गरे । महिला म्याचको विजेता आकृति बनिन् । उनले ७० हजार रुपैयाँ जितिन् । आकृतिले तनुलाई हराएकी थिइन् ।

लाइट वेट म्याचतर्फ सुजल रिलामी विजेता बने । सिजे वल्र्डलाई हराएका उनले ६० हजार रुपैयाँ प्राप्त गरिन् । नेपाल रिङ रेस्लिङ संघले संयोजन गरेको प्रतियोगिता १ नम्बर प्रदेशमा पहिलो पटक आयोजना गरिएको हो ।

प्रतियोगिताका विजेतालाई एकेडेमीका अध्यक्ष ध्रुर्व आचार्य, पूर्व कानून मन्त्री अग्नि खरेल, नेकपा एमाल प्रदेश १ का इन्चार्ज नेता देवराज घिमिरे, सांसद एलपी साँवा, एकेडेमीका महासचिव पुरेन्द्रविक्रम लाखे, संघकी महासचिव सुवर्ण श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

विभिन्न ६ विधामा नेपाली रेस्लिङ खेलाडीहरुबीच भएको प्रतियोगिता ७१ औँ मदन भण्डारी जयन्तीका अवसरमा आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.