दमक ,१९ असार । घर बहाल महासंघ नेपालको १२ औं स्थापना दिवसको अवसर पारेर शनिबार दमकमा अन्तरकृयासहित खुल्ला रक्तदान कार्यक्रम गरिएको छ । दमक नगर उप प्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा २४ पिन्ट रगत संकलन भएको नेपाल रेडक्रस सोसाईटी उप शाखा दमकका रक्तसन्चार प्रमुख सिद्धार्थ दाहालले जानकारी दिए ।
रक्तदान अघि आयोजित अन्तर्कृया कार्यक्रममा प्रमुख अतिथि नगर उप प्रमुख भट्टराईले बहाल करलाई व्यवस्थित बनाउनु पर्नेमा जोड दिइन। महंगोमा बहाल लगाए पनि थोरै रकमको संझौता देखाएर थोरै कर तिर्ने प्रबृत्तिलाई निरुत्साहित गर्नु पर्ने भन्दै उनले करको रकमलाई सुलभ बनाएर दायरा बढाउन नगरपालिका लागिरहेको बताइन। कार्यक्रममा दमक वडा नम्बर ६ का वडाध्यक्ष टेकबहादुर थापाले बहाल कर तिरेर बहालबाट हुने आम्दानीलाई बैध बनाउने कुरा कर दातालाई बुझाउनु पर्ने औंल्याए । संघका जिल्ला अध्यक्ष विनोद कुमार निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, घर बहाल महासंघका प्रदेश १ संयोजक तथा केन्द्रिय उपाध्यक्ष सिताराम खतिवडाले ब्यबसायीलाई कर असुल्ने समुदायको रुपमा मात्रै नबुझेर ब्यवसायीक वातावरणमा स्थानिय सरकारले सहजिकरण गरिदिएमा धेरे कुरा सहज हुने बताएका थिए ।