
दमक,१९ असार । यहाँस्थित रोटरी क्लव अफ दमकको बर्ष २०२१-२२ को नेतृत्वमा भरत चम्लागाईले जिम्मेवारी सम्हालेका छन् । युवा व्यवसायी चम्लागाई दमक उद्योग वाणिज्य संघका सदस्य ,दमक पव्लिक लाईव्रेरीका उपाध्यक्ष लगायतका विभिन्न सामाजिक संघसंस्थाहरुमा आवद्ध छन् ।
क्लवको विधान अनुसार २३ सदस्यीय गठित क्लवको निवर्तमान अध्यक्ष शान्ता ढकाल, निर्वाचित अध्यक्षमा पशुपति बराल, प्रस्तावित अध्यक्षमा पदम बराल,प्रथम उपाध्यक्षमा विक्रम शाह, द्धितीय उपाध्यक्षमा केशव कुमार अग्रवाल,तृतीय उपाध्यक्षमा देवकीदेवी ज्ञवालीले पदभारको जिम्मेवारी पाएका छन् ।
त्यस्तै,सचिवमा झलराज गौतम, सहसचिवमा सुनिता आचार्य,कोषाध्यक्षमा भुपेन्द्र निरौला , सहकोषाध्यक्षमा कल्पना चम्लागाई , क्लव व्यवस्थापनमा सन्जु पराजुली,सदस्ता विस्तार निर्देशकमा गोकुल श्रेष्ठ,सामाजिक गतिविधि निर्देशक सागर श्रेष्ठ,जनसम्पर्क अधिकारीमा भिमराज चम्लागाई,युवा परिचालन निर्देशकमा भेनष श्रेष्ठ, फाउण्डेशन निर्देशकमा नविन अग्रवाल,वेभ मास्टरमा शान्तिराम निरौलाले जिम्मेवारी र प्रशिक्षकमा प्रकाश अधिकारी लाई जिम्मेवारी दिईएको छ ।
यसैगरि, क्लवका पूर्व अध्यक्षहरु सम्मिलित नविन कुमार श्रेष्ठ,गंगा ढकाल र सन्दिप चापागाईलाई तालिम प्रशिक्षक र लेखनाथ न्यौपानेलाई सल्लाहकारको जिम्मेवारी प्रदान गरिएको अध्यक्ष चम्लागाईले बताएका छन् । जुलाईदेखिनै क्लवको बर्सेनी नेतृत्व चयन हुने गरिआएको छ ।
यसैवीच क्लवको हिजो शनिवार सम्पन्न पहिलो विस्तारित बैठकले रोटरी अभियानलाई थप क्रियाशील बनाउने निर्णय गरिएको सचिव झलराज गौतम (राजु ) ले बताएका छन् ।