
झापा , १९ असार । माछा पोखरीमा डुबेर झापाको भद्रपुरमा आज एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका वडा नं. ९ पोकापाडा बस्ने अन्दाजी ६० वर्षिय धनसिंह राजवंशी रहेका छन् । राजवंशी हिजो दिउँसो ३ बजेदेखि हराएका थिए ।
आज बिहान ९ बजे स्थानीय नेपालसिंह राजवंशीको माछा पोखरीमा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। पोखरी धनी राजवंशीले प्रहरी कार्यालयमा जानकारी गराउना साथ प्रहरी चौकी घोडामाराबाट टोली खटिएर लाश बाहिर निकालेको जनाइएको छ ।