लायन्स क्लब अफ दमक माउन्ट मकालुको पदहस्तान्तरण

दमक,१९ असार । लायन्स क्लब अफ दमक माउन्ट मकालुकाे पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । क्लबका निवर्तमान अध्यक्ष राजन प्रसाईंले अध्यक्ष अनिल सुवेदीलाई पद हस्तान्तरण गरेका हुन् । कार्यक्रम लायन्स कम्प्याक्ट चिफ ज्ञाननाथ पाैडेल, डिस्ट्रिक चेयर पर्सन दिवस राई, अर्को लायन लिडर कमल उदास सहभागी भएका थिए । कार्यक्रममा पाैडेलले पराेपकारी कार्यमा लायन्सकाे उल्लेखनीय याेगदान रहेको बताए । उनलेे दमकमा भएका सबै क्लबले समन्वय गरेर अघि बढ्नुपर्ने बताए । क्लबका सचिवमा विवेक दाहाल, प्रथम उपाध्यक्ष नविन भट्टराई, तृतीय उपाध्यक्ष रुद्र कार्की चुनिएका छन् ।

Leave a Reply

Your email address will not be published.