दमक,१७ असार । दमकमा सञ्चालित प्रथम अन्तर कलेज फुटसल प्रतियोगिताको उपाधि आयोजक (बी) ले जितेको छ ।दमक–५ स्थित विष्ट फूटसलको खेल मैदानमा शनिबार फाइनलमा आयोजक (ए) लाई ३–२ गोल अन्तरले पाखा लगाउँदै आयोजक (बी) ले उपाधि जितेको हो ।
जितसँगै विजेता आयोजक (बी) ले नगद रु ३० हजार र उपविजेता आयोजक (ए) ले नगद २० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र पाएका थिए ।
सेमिफाइनलमा आयोजक (बी) ले दमक बहुमुखी क्याम्पसलाई ६–० गोलको फराकिलो अन्तरले पाखा लगाएर फाइनल यात्रा तय रहेको थियो भने आयोजक (ए) ले बाई पाएर सेमिफाइनल खेल्न आएको पथरी बहुमुखी क्याम्पसलाई ५–४ गोल अन्तरले स्तब्ध पार्दै उपाधि भिडन्त पक्का गरेका थिए ।
दमकमा सञ्चालित फुजिसान कन्सल्टेन्सी र माउन्ट फुजी कन्सल्टेन्सीको संयुक्त आयोजनमा बिस्ट फुटसलमा आयोजना गरिको प्रतियोगिताका विजेता तथा उपविजेतालाई ध्रुवतारा स्पोर्टिड् क्लबका अध्यक्ष मोहन मगर मिनले पुरस्कार र ट्रफी प्रदान गरेका थिए ।
प्रतियोगिताको उद्घाटनसत्रमा दमक वडा नम्बर ५ का वडा अध्यक्ष इन्द्रबहादुर गुरुङले स्वास्थ्य र व्यक्तित्व विकासका लागि खेलाडीहरुलाई शुभकामना व्यक्त गरेका थिए ।
फाइनल खेलका म्यान अफ दी म्याच आयोजक (बी) का सुशान्त कार्की भए । उत्कृष्ट खेलाडी आयोकज(बी) कै निमा तामाङ घोषित भए भने उत्कृष्ट गोल किपर आयोजक (ए) का सुमित साह र सर्वाधिक गोलकर्ता दमक बहुमुखी क्याम्पसका निर्जल बोहोरा भएका थिए ।प्रतियोगितामा झापा र मोरङका विभिन्न कलेजका ७ वटा टिमको सहभागिता रहेको थियो ।