कतारमा गौरीगञ्जका राजवंशीको निधन

गोरीगञ्ज,१७ असार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका झापा,गौरीगञ्जका एक व्यक्तिको निधन भएको छ ।गौरीगञ्ज गाउँपालिका वडा नं ६ खजुरगाछी गौरीयाडाँगी निवासी जगदिश राजवंशीको निधन भएको हो । हिजो विहान अचानक रिङ्गटा लागेर लडेका राजवंशीको अल्पायुमा निधन भएको गौरीगञ्जका पत्रकार आत्माराम राजवंशीले बताएका छन् । मृतकका श्रीमती र २ छोरी रहेका छन् ।

Leave a Reply

Your email address will not be published.