मोटरसाइकलको ठक्करबाट पैदलयात्री वृद्धको मृत्यु

दमक,१६ असार । झापामा मोटरसाइकलको ठक्करबाट घाइते पैदल यात्री वृद्धको उपचारको क्रममा शनिबार विहान मृत्यु भएको छ ।मृत्यु हुनेमा झापा गाउँपालिका -६ निवासी ८४ वर्षीय भोलानाथ सिटौला रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । प्रहरीका अनुसार शुक्रबार दिउँसो ३ बजेको समयमा झापा गाउँपालिका -६ शरणामतीस्थित पन्थपाँडा–शरणामती भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको प्र १–०१–०१३ प ८९४१ नम्बरको मोटसाइकलले पैदलयात्री सिटौलालाई ठक्कर दिएको थियो । दुर्घटनामा परी घाइते भएका सिटौलालाई तत्काल उपाचार लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा लगिएको र उनको आज विहान उपचारको क्रममा मृत्यु भएको डीएसपी रिजालले बताए ।

Leave a Reply

Your email address will not be published.