शिवसताक्षीको गाउँगाउँमा ‘ज्ञानघर’

दुधे ,१६ असार । झापाको शिवसताक्षी नगरपालिकाले वालवालिका र युवा वर्गमा पठन सस्कृतिको विकास गर्नका लागि पालिकाका विभिन्न स्थानमा ज्ञानघर निर्माण सुरु गरेको छ ।स्थानीय गोर्खाली हर्ट नामक क्लवको संयोजन र नगरपालिकाको आर्थिक सहयोगमा शिवसताक्षी -७ ब्याङ्गडाँडामा स्थापना गरिएको ज्ञानघरको शनिवार नगर प्रमुख मेगाहाङ्ग थोप्राले उद्घाटन गरे ।
ँपालिकाले प्रदान गरेको ४ लाख रकममा अन्य दाताहरुको सहयोगबाट उक्त ज्ञानघरको सुरुवात गरिएको गोर्खाली हटका अध्यक्ष बिजय लिम्बूले बताए ।
यसै आर्थिक बर्षमा शिवसताक्षी नगरपालिकाभित्र माईधार र धरमपुरमा ज्ञानघर तयार भइसकेको र आगामी आर्थिक बर्षमा थप ४ स्थानमा ज्ञानघर निर्माणका लागि आवश्यक बजेट बिनियोजन गरिसकिएको प्रमुख थोप्राले जनाएका छन् । पछिल्लो समय वालवालिकारुमा मोवाईल र टिभीको लतका कारण आचरण र मानसिक स्वास्थ्यमै समस्या देखिएपछि पत्रपत्रिका र पुस्तक पठन संस्कृतिको विकासका लागि नगरका प्राय सबै चौकमा ज्ञानघर निर्माणको अभियानलाई देशकै नमुनाका रुपमा नगरले विस्तार गरिको नगरप्रमुख थोप्राको भनाई छ ।
ज्ञानघरलाई नगरव्यापी बनाउनका लागि नगरपालिकाले नीति बनाएर आावश्यक बजेट समेतको व्यावस्थापन गरिसकेको नगरप्रमुखको भनाई छ ।
कार्यक्रममा शिवसताक्षी नगरपालिका ७ का वडाअध्यक्ष भवानीविक्रम चेम्जोङ्ग,शिवसताक्षी नगरपालिकाका शिक्षा शाखा प्रमुख छविलाल ढकाल, शिवसताक्षी रेडक्रसका अध्यक्ष गोविन्द काफ्ले, किरात याक्थुङ चुम्लुङका अध्यक्ष वीरवल जबेगु, मेची अंग्रेजी माविका प्रिन्सिपल पदम कुबँर लगायातले ज्ञानघर निर्माणले शिवसताक्षीको शिक्षा र नैतिक आचरणका क्षेत्रमा महत्वपूर्ण काम भएको उल्लेख गरेका थिए ।

Leave a Reply

Your email address will not be published.