पथरीमा विभिन्न लायन्स क्लबहरूद्वारा रक्तदान

पथरी शनिश्चरे,१६ असार । मोरङको पथरीशनिश्चरे -१ नर्वदेश्वर शिवालयको हलमा लायन्स क्लब अफ पथरी ,पथरीशनिश्चरे, क्रिएटिभ लेडिज, योङ्गहर्ट तथा लियो क्लब पथरीद्वारा संयुक्त रूपमा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन्।
हरेक वर्ष झैं यस वर्ष पनि शनिबार जुलाई १ तारिखको अवसर पारेर आयोजना गरिएको रक्तदानमा दुई दर्जन बढीले रगतदान गरेका थिए ।रक्तदान लायन्स क्लब अफ नेपालका फष्ट भाईस डिष्ट्रिक्ट गभर्नर एवं डिष्ट्रिक ३२५ ’सी’ का प्रमुख विकास अधिकारीले उद्घाटन गरेका थिए । लायन्स क्लब पथरी (होम क्लब) का प्रेसिडेन्ट भगत चन्द थपलियाको अध्यक्षतामा भएको रक्तदानमा पथरीशनिश्चरे नगरका विभिन्न लायन्स क्लबहरूका पदाधिकारीहरु , सुनाखरी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप कुमार राईसहित दुई दर्जन बढीले रगत दान गरेको लायन्स क्लब अफ पथरीकी सचिव विष्णु माया तामाङले जनाईन्। रक्तदान नेपाल रेडक्रस सोसाईटी मोरङको प्राविधिक सहयोगमा भएको थियो । त्यस्तै, रक्तदानमा सहभागिहरुलाई प्रंशसापत्र समेत वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.