दमकमा भट्टराई छोरीबुहारी सञ्जालले मनायो धान दिवस

दमक,१५ असार । भट्टराई कुलबंश प्रतिष्ठान महिला बिभाग अन्तर्गत छोरी बुहारी सञ्जाल दमक नगर समितिले शुक्रवार सामूहिक रुपमा रोपाइँ गर्दै राष्ट्रिय धान दिवस मनाएको छ । दमक २ स्थित जयनारायण भट्टराईको खेतमा पञ्चैवाजासहित सामूहिक रुपमा दही चिउरा खादै रोपाई गरिएको कार्यक्रम संयोजक ज्योति भट्टराईले बताईन् ।
प्रतिष्ठान छोरीबुहारी सञ्जाल दमक नगर समितिले अत्यन्तै प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको भट्टराई कुलबंश प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराईले बताएका छन् ।
दमक नगर पालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईंको प्रमुख आतिथ्यता तथा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराईको विशिष्ट आतिथ्यतामा भएको रोपाई कार्यक्रममा केन्द्रीय उपाध्यक्ष कृतिका भट्टराई, केन्द्रीय सचिव जीवराज भट्टराई, केन्द्रीय सदस्यहरु, जिल्ला सदस्यहरु, छोरीबुहारी सञ्जाल दमक नगर समितिका छोरीबुहारीहरु, छरछिमेकीहरु, लगायतको उपस्थिति रहेको सञ्जालकी नगर सहसचिव कबिता भट्टराईले बताएकी छन् ।
दमकमा छुट्टै पहिचान बनाउन सफल बन्दै गएको छोरीबुहारी सञ्जालले पारिवारिक एकता र सामाजिक सद्भाव स्वरुप सामूहिक रुपमा रोपाई गरिएको सञ्जालकी दमक अध्यक्ष गंगा भट्टराईले बताएकी छन् ।

Leave a Reply

Your email address will not be published.