दमक ,१६ असार । ग्याँस सिलिन्डरको पाईप लिक भई निस्किएको आगोबाट जलेर घाईते भएकी झापा, कमल गाउँपालिका -७ गेउरियाकी देवीमाया माझीलाई स्थानीयले उपचारका लागि रु ७२ हजार ५ सय १५ रुपिया आर्थिक सहयोग प्रदान गरेका छन् ।
साप्ताहिक रुपमा हरेक शुक्रवार लाग्दैआएको गेउरिया वजारमा आलुप्याजी पकाउदै व्यापार गरिआएकी ६७ बर्षिया माझीलाई गत असार ७ गते ग्याँस सिलिन्डरको पाइपबाट निस्किएको आगोले जलेर घाईते भएकी थिइन् । घाईते उनको हाल बिराटनगरस्थित संजीवनी अस्पतालमा उपचार भईरहेको छ ।
माझी परिवारको आर्थिक अवस्था कमजोर भएको र उपचारमा सहयोग पुरयाँउन स्थानीय सृजनशील युवा क्लब,गेउरिया बजार ब्यवस्थापन समिति,बिष्णुकठ्ठा टोल विकास संस्था, गेउरिया युवा परिवारको अगुवाई साथैं कमल गाउँपालिका ७ नम्वर वडाको सहयोगमा आर्थिक संकलन गरिएको बिष्णुकठ्ठा टोल विकास संस्थाका अध्यक्ष अक्कलबहादुर गुरुङले जानकारी दिए ।
संकलित सहयोग रकम आइतवार कमल ७ का वडाअध्यक्ष पृथ्वीपति राईले बिरामीको छोरी जानुका माझीलाई हस्तान्तरण गरे ।