पथरीमा धान दिवसमा रोपाईं

पथरी शनिश्चरे, १५ असार ।मोरङको पथरीशनिश्चरे नगरका विभिन्न स्थानमा ‘जलवायु अनुकुलित कृषि मैत्री प्रविधि धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आज शुक्रवार २० औं राष्ट्रिय धान दिवस मनाइएको छ ।
शुक्रबार लक्ष्मी महिला कृषि समूह र समुन्नत महिला विकास साकोसको आयोजना तथा पथरीशनिश्चरे नगरपालिका बडा नम्बर २ मा कृषि विकास शाखाको आर्थिक सहयोगमा २० औं राष्ट्रिय धान दिवसको आयोजना गरिएको हो ।
उक्त अवसरमा नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, लेखा शाखा प्रमुख पिताम्वर वस्ती, वडा नं। ८ का वडाध्यक्ष एवं नगर प्रवक्ता नविन कार्की, वडा नं २ का वडा अध्यक्ष नैना साम्पाङ राई, महिला तथा बालबालिका शाखा प्रमुख गिता कट्टेल, लघु उद्यम विकास शाखा प्रमुख सपना कार्की, कृषि तथा पशुपंक्षी शाखा प्रमुख टिका राई लगायतको उपस्थिति थियो ।
यसैगरी ,वडा नं(३ को किराती चोकमा रेडस्टार माध्यमिक विद्यालयका शिक्षक -विद्यार्थीहरुले धान रोपाई गरेर यो धान दिवस मनाएका छन्।आज पथरीशनिश्चरे वडा नं ३ किराती चोकका मान बहादुर अधिकारीको करिब १८ कठ्ठा क्षेत्रफलमा धान रोपाईं गरिएको हो।
आज वर्तमान समयको आवश्यकता शिक्षा मार्फत कृर्षि क्षेत्रको विकास तथा प्रवर्द्धन गर्दै अगाडि बढ्नु रहेको सोहि विद्यालयका संस्थापक राजु तिम्सिनाले बताए।कृर्षि प्रधान मुलुकमा नै बसोबास गर्ने समस्त अभिभावकका नानी बाबुहरूलाई विद्यालयको शिक्षण सिकाइलाई व्यवहारिक ज्ञान प्रदान गर्दै जिवन उपयोगी शिक्षा प्रदान गर्ने उद्देश्यले यो अवसरमा सहभागी गराइएको प्रिन्सिपल टि एन तिम्सिनाले जनाए। उक्त कार्यक्रमका कक्षा १० मा अध्ययन गरिरहेका ६० बढी छात्र छात्राहरुले धान रोपाईंमा सहभागिता जनाए ।
उक्त अवसरमा विद्यालयका संस्थापक राजु तिम्सिना, प्रवन्ध निर्देशक टिएन तिम्सिना,भाईस प्रिन्सिपल बसन्त मादेन,संस्थापक एवं किरात एकेडमी स्कूलका प्रिन्सिपल सुजन बास्तोला, गुरूमा सरिता भट्टराई सहित शिक्षकशिक्षिका, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति थियो।
यसैगरी, वडा नम्बर ५ र ८ मा पनि धान रोपाइँ कार्यक्रम सम्पन्न भएको हो। उता ,बडा नम्बर ४ मा रहेको भागिरथ माविमा बाली विज्ञान विषयमा अध्ययनरत छात्र छात्राहरुले आफ्नो प्रयोगात्मक कक्षाको रूपमा धान रोपाईं गरेका छन्। उक्त अवसरमा वडाध्यक्ष लोककिरण न्यौपानेको पनि उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published.