दमक ८ मा ज्येष्ठसंग असार पन्ध्र

दमक,१५ असार । ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल वडा समिति दमक -८ ले असार पन्ध्रको अवसर पारेर ज्येष्ठसंग असार पन्ध्र कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय निराकेश्वर शिव पान्चायन मन्दिरको सभाहलमा भएको उक्त कार्यक्रममा करिव एकसय ज्येष्ठ नागरिकको उपस्थिति रहेको थियो । दमक ८ का वडा अध्यक्ष धर्मप्रसाद दाहाल (दिपेश) को प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा धान रोपेर कार्यक्रमको उद्धाटन गरिएको थियो । उक्त कार्यक्रममा ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल केन्द्रीय अध्यक्ष दुर्गाप्रसाद पौडेल,निराकेश्वर शिवा पाञ्चायन मन्दिर दमकका अध्यक्ष नरेश कुमार गिरी,पशुपति माविका अध्यक्ष प्रेम दंगाल,वसन्त टोल बिकास संस्थाका अध्यक्ष टंक पाठक,पशुपति टोल विकास संस्थाका अध्यक्ष पवित्रा दंगाल,सामाजिक व्यक्तित्वहरु तुलसीराम सिटौला र शारदा उपाध्याय खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा सामाजिक व्यक्तित्व मोहन प्रसाईंले उपस्थित सम्पूर्ण सदस्यहरुलाई आफ्नो जन्मदिनको अवसरमा दही चिउरा केरा प्रायोजन गरेका थिए भने कार्यक्रममै प्रायोजक मोहन प्रसाईको जन्मोत्सव पनि मनाईएको थियो । कार्यक्रममा ईश्वरा प्रसाईं र रामचन्द्र संग्रौलाले स्वागत गीत र टंक पाठकले असारे गीत प्रस्तुत गरेका थिए ।
ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान वडा दमिति दमक -८ का अध्यक्ष ओमप्रसाद खनालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन प्रतिष्ठानका वडा सचिव तारानाथ भट्टराईले गरेका थिए । कार्यक्रममा नयाँ आजिवन सदस्यहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो भने प्रतिष्ठानको सदस्यता लिन चाहने सदस्यहरुलाई टीका लगाएर स्वागत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.