दमकमा साहित्यकारहरुको भेटघाट कार्यक्रम

दमक,१४ असार । साहित्य कला सङ्गमको आयोजनामा नेपाल र भारतका साहित्यकारहरुको साहित्यिक तथा श्रष्टासंग भेटघाट कार्यक्रम सम्पन्न भएको छ । सङ्गम स्वीटको सभा हलमा भएको उक्त कार्यक्रममा दमकका साहित्यकारहरु मेघराज तिम्सिना,खेमलाल पोखरेल, बिन्दु दहाल मुकदर्शक, दीपक सुवेदी ,विवश बलिभद्र कोईराला,ओमप्रसाद खनाल, हरि पराजुली,गोपालप्रसाद दहाल, विरेन्द्र खडका, डा.लेखनाथ न्यापाने, एन बी. दाहाल लगायतले भारतबाट आएका साहित्यकारलाई स्वागत गरेका थिए ।
भारतको आसम ,सिक्किम ,मेघालय,सिलिगुडी, दार्जेलिङका साहित्यकारहरु ज्ञानेन्द खतिवडा ,प्रेम मगर ,कृष्ण प्रधान,सुकराज दियाली,भवानी शर्मा ,कालुसिहं रनपहेली,पूर्ण मगर, मुकेश रेग्मी,बिनोद खनाल,अस्मिता राई,जिविका अश्रु,अर्जुन चाम्लिङ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम साहित्य कला सङ्गमका अध्यक्ष विष्णु न्यौपानेको अध्यक्षतामा र असम साहित्य प्रतिष्ठानका अध्यक्ष दुर्गा खतिवडाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य संस्थाका महासचिव दीपक सुवेदीले राखेका थिए। उक्त कार्यक्रमको सञ्चालन सचिव बिवश बलिभद्र कोईरालाले गरेका थिए ।कार्यक्रममा कविहरुबाट रचना समेत प्रस्तुत गरिएको थियो ।कार्यक्रममा डा. लेखनाथ न्यौपानेद्वारा लिखित मेरो देश पुस्तक प्रमुख अतिथिलाई हस्तान्तरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.