दमकमा दुर्गा माविको स्मारिका बिमोचन

दमक,१५ असार । पाँचथरको रविस्थित दुर्गा माध्यमिक विद्यालयको विविध गतिविधिलाई समेटेर स्मारिका प्रकाशन गरिएकोछ ।सो विद्यालयका भुतपूर्व विद्यार्थी मञ्चले प्रकाशन गरेको ‘श्री दुर्गा विद्यालय रविको आँगनमा टेकिएका पाईलाहरु’ नामक स्मारिकाको दमकमा आज आयोजित एक कार्यक्रमका बीच लोकापर्ण गरिएको हो ।
चुलाचुली अंग्रेजी बोर्डिङ स्कूलमा आयोजित कार्यक्रममा स्मारिकाको शैक्षिक अगुवा मनोज साङपाङसहितले संयुक्त रुपमा लोकापर्ण गरे ।५०४ पृष्ठको सो स्मारिकामा सोहि विद्यालयका पूर्व विद्यार्थी प्रा.डा. नोवलकिशोर राई,लीला उदासी,डा.शसीधर खनाल,क्याप्टेन नयनकृष्ण राई,सिए ठाकुरजंग मगर ,त्रिलोचन रेग्मी,पूर्व प्रधानाध्यापकहरु, विद्यालयका संस्थापकहरु लगायतको विद्यालय सम्बन्धी आफना विचार,अनुभव समेटिएका छन् ।
जसमान साङपाङ राईको अध्यक्षता तथा विद्यालयका पूर्व प्रअ दिलेन्द्र राईले स्वागत मन्तव्य राखेको स्मारिका विमोचन कार्यक्रममा प्रमुख अतिथि मनोज साङपाङसहित शैक्षिक अगुवा तथा सो विद्यालयमा योगदान पुरयाँएका मणिश्वर राई,त्रिलोचन रेग्मी, इन्द्रमान चाम्लिङ,डिल्लीराम चाम्लिङ,धनजीत राई,यादव अधिकारी लगायतले दुर्गा माविको विगत र वर्तमानका विषयमा चर्चा गरेका थिए । स्मारिका प्रकाशन गर्न पदम राई सम्पादक र मनोज साङपाङ राईको संयोजकत्वमा खड्ग राई ,कुमार कोयु, धनजीत राई,रामकुमार चाम्लिङ,साङगेन राई रहेको छ सदस्यीय प्रकाशन मण्डल गठन गरिएको थियो ।
विस. २००९ सालमा स्थापना भएको पाँचथरकै एक पूरानो सो विद्यालयमा हाल स्नातक तहसम्म पठनपाठन हुदैआएको छ ।

Leave a Reply

Your email address will not be published.