पथरीशनिश्चरे, १५ असार । मोरङको पथरीशनिश्चरे २ मा रहेको रेडस्टार माध्यमिक विद्यालयले एसइइ परीक्षा २०८१ को नतिजामा ४ जिपिए सहित कोशी प्रदेशकै उत्कृष्ट रिजल्ट ल्याउने सतिश आचार्य र अजय लिम्बूलाई ५० हजार रुपैयाँ सहित सम्मान गरेको छ।
विद्यालयको प्राङ्गणमा शुक्रवार एक कार्यक्रम गरि उनीहरू दुईसहित उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई एकैसाथ बधाई शुभकामना गरि सम्मान गरिएको हो।
यस विद्यालयबाट परीक्षा दिएका ७५ जना विद्यार्थीहरुमध्यें ४ जिपिए ल्याउने २ जना, ३.६ माथि जिपिए ल्याउने ६ जना , ३.२देखि ३.६ मुनि जिपिए ल्याउने २१ जना विद्यार्थीहरू रहेका छन्।
नेपाल सरकार तथा ब्रिटिस काउन्सिलबाट अन्तर्राष्ट्रिय स्कुल अवार्ड isa प्राप्त गर्न सफल यस विद्यालयले (कक्षा १२) मा २०८० सालमा प्रदेशमै उत्कृष्ठ नतिजा ल्याउन सफल भएको हो। उनले सोहि अवसरमा बिगत ५ बर्षदेखि निरन्तर रुपमा पथरीशनिश्चरे क्षेत्रभित्र सर्बोत्कृष्ट नतिजा ल्याउन सफल हुँदै आएको निर्देशक तथा प्रिन्सिपल टिएन तिम्सिनाले बताए।
विद्यालयले नगरमै शैक्षिक ुहबु को रुपमा स्थापित गर्दै विद्यार्थीहरूले सर्वांगीण विकास र गुणस्तर सुधारका लागि विद्यालय परिवार र सिंगो व्यवस्थापन समिति लागी परेको भन्दै उनले विद्यालयबाट उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरुको बधाई सहित शुभेच्छा प्रकट गररे ।
सोहि अवसरमा ४ जिपिए हासिल गरेका द्धय विद्यार्थीले सर्वोकृष्ट नजिता हासिल गर्न मोफसलमा बसेर पनि अब्बल र उत्कृष्ट नतिजा हासिल गर्न सकिने बताएका छन् । उक्त अवसरमा अभिभावकका तर्फबाट तीर्थप्रसाद आचार्य , गंगा लिम्बू र सारिका भट्टराईले विद्यालय व्यवस्थापन, शिक्षक शिक्षिका तथा विद्यार्थीहरूको अथक मेहनतले यो उपलब्धि हासिल गरेकोमा प्रशंसा गरेका थिए ।
विद्यालयका संचालक समितिका निर्देशक राजु तिम्सिना, सदस्यहरू विजय डाँगी, सुजन बास्तोला सहितको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा भाईस प्रिन्सिपल बसन्त मादेनले उपस्थित अभिभावक तथा विद्यार्थीहरुलाई बधाई दिएका थिए।