दमकमा आज रोजगार मेला

दमक,१४ असार । दमकमा आज रोजगार मेला लाग्दै छ । सर्वसाधारणलाई रोजगारका बारेमा सचेतना दिने दिने उद्देश्यले आज मेलाको आयोजना गरिएको आयोजक संस्था दमक उद्योग वाणिज्य संघले जनाएको हो । विहान ११ वजेदेखि ४ वजेसम्म चल्ने सो मेला दमक ८ स्थित कस्मिक पार्टी प्यालेशमा हुदैछ ।
दमक नगरपालिका सहयोग तथा संघको आयोजनामा हुने सो मेलामा रोजगारीका अवसर खोजिरहेको विद्यार्थी तथा युवाहरुका लागि परामर्श तथा त्यस सम्बन्धी जानकारी अन्तरकृया समेत हुने दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले जानकारी दिए । गतवर्ष पनि संघले नगरपालिकाकै सहयोगमा त्यस्तो मेला गरेको थियो ।
मेला सम्पन्न गर्न संघद्धारा गठित प्रर्दशनी तथा महोत्सव व्यवस्थापन उपसमितिका संयोजक राजु खड्काको अध्यक्षतामा एक सचिवालय उपसमिति गठन गरिएको छ ।
उनका अनुसार मेलामा वृत्ति मार्गनिर्देशन तथा परामर्श, रोजगार सम्बन्धी सूचना उपलव्ध हुने, रोजगार खोजीमा रहेका युवाहरु र राजगारदातावीच प्रत्यक्ष सम्पर्क गरिने, सीपमूलक तालिमका बारेमा जानकारी गराउने,उद्यमशीलताको विकास सम्बन्धी परामर्श लगायतका रोजगारीमूलक विषयमा अन्तरकृयासहित सहजकर्ताहरुले आफना विचार राख्ने छन् । मेलामा रोजगारीका अवसरको खोजीमा रहेका युवाहरु, विभिन्न विद्यालय तथा शैक्षिक प्रतिष्ठानका विद्यार्थीहरु लगायतको सहभागिता रहने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.