बाढीले बगाएर मोरङमा एकको मृत्यु


मोरङ, १५ असार । अविरल झरीपछिको बाढीले मोरङमा एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बाढीले बगाएर मृत्यु हुनेमा सुन्दरहरैँचा–६ सिसौघारीका ५५ वर्षीय रामबहादुर विक रहेका छन् । उनलाई गछिया खोलाले बगाएर मृत्यु भएको हो ।
सिंघीया खोलामा आएको बाढीका कारण मोरङ विराटनगर र कटहरी गाउँपालिकामा १७५ परिवार विस्थापित भएका छन्। विराटनगर र कटहरीमा १७५ परिवार विस्थापित भएका हुन् ।
ज्ल्लिा प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठका अनुसार विराटनगरमा ४५ र कटहरी गाउँपालिकामा १३० परिवार विस्थापित भएका छन् ।

Leave a Reply

Your email address will not be published.