–कविध्वज राई
दमक, १४ असार । दमक लायन्स क्लब अफ दमक गोल्ड वर्ष २०२२-२३ को अध्यक्षमा नवीन ताम्राकार चुनिएका छन् ।सोमबार दमकको संस्कार भवनमा एक कार्यक्रमका बीच उनले पद तथा गोपनीयताको सपथ लिएका छन् । नवनिर्वाचित ताम्राकारलाई निवर्तमान अध्यक्ष श्याम तिम्सिनाले मेडल तथा प्रेसिडेन्ट ब्याज प्रदान गरेका थिए । उनीसंगै दमक गोल्डका प्रथम उपाध्यक्षमा नन्दकुमार राई,सचिवमा डा. हेमराज गैरे ,कोषाध्यक्षमा रेवती घिमिरे चुनिएका छन् ।
त्यसैगरी द्धितीय उपाध्यक्षमा बसन्त प्रसाद उपाध्याय, तृतीय उपाध्यक्षमा सुरज लिम्बु, सहसचिवमा घनश्याम रिजाल, सहकोषाध्यक्षमा भूमिका प्रसाई, मेम्बरसिप चियरपर्सनमा समिप श्रेष्ठ, क्लब सर्भिस चियरपर्सनमा विनोद भट्टराई र क्लब डाइरेक्टर मेघराज थापा निर्वाचित छन् ।
अग्रज लायन काशी खाँतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अग्रज लायन रिङकुमार आचार्य साथै क्लवका सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा फस्टलेडि विजया ताम्राकारको पनि उपस्थिति रहेको थियो ।