गौरीगञ्ज १ का दर्जनौ बस्तीनै डुबानमा, सडकमाथि बग्यो खोला


गौरीगञ्ज, १४ असार । स्थानीय कमल बनयानी खोलामा आएको बाढीका कारण झापाको गौरीगञ्ज गाउँपालिका वडा नं १ का अधिकांस बस्तीहरु डुबानमा परेका छन । निर्माणाधिन हुलाकी राजमार्ग आसपासका धेरै बस्तीहरु बाढीका कारण डुबानमा परेका हुन् ।
वडाध्यक्ष कार्तिकलाल राजवंशीले कुञ्जीबारीबाट धनगाढा जाने बाटोमाथिनै खोला बगेपछि बाटो क्षतिग्रस्त हुदाँ त्यहाँको आवतजावतनै बन्द हुने अवस्था पुगेको बताए । बाटो माथि खोला वग्न थालेपछि त्यहाँको आवगमन पूर्ण रुपमा प्रभावित हुन पुगेको उनले जानकारी दिए ।
उनका अनुसार यसैगरि साविक महाभारा १ र टुनुबस्ती आसपासका क्षेत्रमा पनि दर्जनौं घरहरु खोलाको डुबानमा परेका छन् । डुबानको चपेटामा परेका परिवारलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्नुपर्ने अवस्था आएको उनले बताएका छन् ।
यस्तै, हुलाकी मार्गमा पूल तथा कल्भर्टहरु निर्माण गर्दा पानीको पर्याप्त निकास हुने व्यवस्था नमिलाइएका कारण पनि सो खोलाको आसपास चौरी, धनगाढा लगायतका बस्तीहरु डुबानमा परेका स्थानीयको भनाई छ ।
त्यसैगरी कमल बनियानी खोलामै आएको बाढीले शिवसताक्षी ४ मा नव निर्मित आर्यघाटमा क्षति पुगेको छ भने रोपाईँको लागि तयारी अवस्थामा राखिएको धानको बीउँ र खोतीयोग्य जमिन कटान गरि बगाएको छ । स्थानीयबासीहरुका अनुसार त्यहाँस्थित कमल बनियानी खोलामा ३० बर्ष यताकै ठुलो बाढी आएको छ ।
यसैगरि, कमल गाउँपालिका वडा न. ६ र ७ का खोला किनारका दर्जनौ बस्तीहरु समेत डुबानमा परेका छन् ।
खयरबारी बस्ती कटानको जोखिममा
रतुवा खोलामा ढुंगाको स्पर र बाँँध निर्माणको कार्य समयमा पूरा नहुँदा कमल ६ को स्थित खयरबारी बस्ती खोला कटानको उच्च जोखिममा परेको छ ।त्यहाँ बषौंदेखि समस्याका रुपमा रहेको रतुवा खोलाको कटान नियन्त्रणका लागि भन्दै संघीय सरकारले बाँध बाँधेर ढुंगाको स्पर निर्माण गर्ने योजनाका लागि बजेट व्यवस्था गरेको थियो ।
बजेटको सदुपयोगका लागि जनताको तटबन्धन कार्यालय गैंडे मार्फत ठेक्का प्रकृयाबाट बाँध निर्माणको योजना सम्पन्न गर्न जिम्मेवारी लिएको कम्पनीले समयमै बाँध पूरा नगर्दा रातीदेखिको भारी बर्षासंगै आएको बाढीले क्षति पुरयाँएको हो ।
त्यहाँ ढुंगाको ५०० मिटर लामो स्पर निर्माण गरिनुपर्नेमा प्राविधिक दृष्टिकोणबाट कमजोर बनाइएका कारण खोलामा आएको पानीको बहाबले क्षति पुरयाँएको नरेन्द्र भट्टराईले बताए । बाँँधको परिपक्व किसिमको नहुँदा त्यस्तो अवस्था आएकाले त्यसबारे सम्बन्धित निकायलाई जानकारी गराइएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.