क्यालेन्डरसहित जर्नल र वेभको एकै साथ बिमोचन

दमक,१४ असार । दमक बहुमुखी क्याम्पसले शैक्षिक सत्र २०८१-०८२ को गतिविधिमुलक क्यालेन्डरसहित जर्नल र द वेभ विमोचन गरिएको छ ।शुक्रबार क्याम्पसमा एक कार्यक्रम गरि क्यापसले प्रकाशन गरेको क्यालेन्डरसहित जर्नल र वेभको एकैसाथ बिमोचन गरिएको हो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष ढुण्डीराज भण्डारीको अध्यक्षता तथा दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा बक्ताहरुले दमक बहुमुखी क्याम्पसको वृद्धि बिकासका लागि यस्ता शैक्षिक गतिबिधी उपयोगी बन्ने औंल्याएका थिए ।
सो कार्यक्रममा क्याम्पसकी उपाध्यक्ष रिता वस्नेत श्रेष्ठ,क्याम्पस प्रमुख यज्ञराज गिरी ( राम) ,प्राध्यापकहरु, संचालक समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
सोही अवसरमा क्याम्पसका पूर्व प्रमुख उत्तम भट्टराईलाई सम्मान गरिएको थियो । उनले सन्थाल जातिको विषयमा हालै बिधाबारिधी गर्न सफल भएकोमा क्याम्पसले सम्मान गरेको क्याम्पसका प्रमुख प्रशासकीय अधिकृत पदम घिमिरेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.