दमक,१४ असार । जीवन चक्र समाज नेपालले दमक -६ मा रहेको ग्लोवल एजुकेशनल एकाडेमीमा शुक्रवार लागूऔषध रोकथामका विषयमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।एकाडेमीका प्राचार्य गुणराज अधिकारीको अध्यक्षतामा तथा दमक -६ का वडाअध्यक्ष टेकबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रमुख निशान थापा जीवन चक्र समाजका कार्यक्रम सहजीकरण संयोजक डिल्ली प्रसाद अधिकारी ,अध्यक्ष गणेशप्रसाद गौतम,उपाध्यक्ष बेनुराज प्रसाईं ,सदस्य ओम कार्की , शिक्षकहरु तथा बिद्यार्थीहरुको सहभागीता रहेको थियो।
प्रशिक्षण कार्यक्रममा जीवन चक्र समाजको अनुशासन समितिका संयोजक बासुदेव काफ्ले ,इलाका प्रहरी प्रमुख डिएसपी थापाले लागूऔषध, लागूऔषधको दुव्र्यसन तथा त्यसका कानुनी व्यवस्थाका विषयमा सहजीकरण दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि वडाअध्यक्ष थापाले लागूऔषध विरुद्ध जनचेतनासहित प्रकृति संरक्षणका क्षेत्रमा पुरयाँउदै आएको जनचेतना ,सुन्दर शहर गाउँ हराभरा बनाउन , रुख बिरुवा रोप्ने तथा स्वस्थ्य समाज निर्माण गर्न शुरु गरेको अभियान प्रंशसनीय भएको जोड दिए ।
कार्यक्रममा संस्थाका स्वास्थ्य संयोजक डा . लेखनाथ न्यौपानेले आफ्नै लेखन रहेको मेरो देश नामक पुस्तक ग्लोवल एकेडमीका प्रमुख समेत रहेका प्राचार्य अधिकारीलाई हस्तारण समेत गरेका थिए ।
प्राचार्य अधिकारीले आगामी दिनमा जीवन चक्र समाजसँग सहकार्य गरि युनिट गठन गरि रक्तदान ,सडक दुर्घटना न्यूनीकरण,असल नागरिक बन्ने जनचेतनामूलक कार्य गर्न एकेडेमी तयार रहेको उल्लेख गरे ।
कार्यक्रम संस्थाका सचिव गणेश प्रधानले गरेको सञ्चालन गरेका थिए ।यसअघि समेत सो संस्थाले दमकको आस्था कलेजका विद्यार्थीहरुलाई सोहि विषयमा प्रशिक्षण प्रदान गरेको थियो ।