कमल ७ का दुई असहाय परिवारलाई सहयोग

कमल,१४ असार । कमल गाउँपालिका वडा न. ७ गेउरियाकी असहाय सानी केरुङ मगर (जोगमाया) लाई विभिन्न सहयोग प्रदान गरिएको छ ।
अशक्त समेत रहेकी सानीको नाजुक अवस्था देखेर सामाजिक अगुवा शान्ता केरुङको पहलमा लत्ताकपडासहित सुत्नका लागि खाट उपलव्ध गराईएको हो ।
सोमबार सानीको लागि निर्माणाधीन टहरा निर्माणस्थलमा पुगेर उनले ती सहयोग सामाग्रीहरु हस्तान्तरण गरेकी हुन् । त्यहाँ केरुङको पहलमा बस्नका लागि टहरा धमाधम निर्माणको क्रममा छ । सानीलाई ओत लाग्ने टहरा र अन्य आधारभूत भौतिक सामाग्री जुटाउन केरुङले देश,विदेशका साथीभाईसंग सहयोग पुरयाँएका थिए । टहरा निर्माणका लागि करिव ५० हजार सहयोग प्राप्त भएको उनले बताईन् ।
श्रीमान प्रेमले छाड्ेपछि तीन छोराछोरीकी अभिभावक सानीको नाजुक अवस्था देखेर कमल ६ मंगलवारे घर भई हाल रोजगारीका क्रममा दुवई बस्दैआएकी सामाजिक अगुवा कोपिला बस्नेत श्रेष्ठले पनि यसअघि रु १० हजार मूल्य बरावरको खाद्यान्नसहित अन्य भौतिक सरसामाग्रीहरु दिएकी थिईन् ।
असहाय सानीको कमल ७ स्थित धिमाल डाँडामा आफन्तको जग्गामा टहरा निर्माणको क्रममा छ ।
यसैगरि, अभियानकर्मी शान्ताले स्थानीय एक जना विपन्न आर्थिक अवस्था भएका अपांग परिवारलाई पनि खाटसहित ओढ्ने ओछयाउने सामाग्रीहरु दिएकी छन् ।
जन्मिएको तीन महिनापछि विस्तारै शारीरिक रुपमा अपाङ्ग बनेकी प्रिती लिम्बूसहित उनकी आमा मनमाया लिम्बूको परिवारलाई उनले उक्त सहयोग सामाग्री दिएकी हुन् । बालिकाको उपचार गर्ने पैसा नहुँदा ओछ्यानमा थलिएर बस्न बाध्य भएकी छन् । आमा,छोरीको लिम्बू परिवार कहि बर्ष यता त्यहाँका एक जनाको कटेरोमा बस्दैआएकी छन् । मनमायासहित अर्की असहाय सानीलाई छुटाछुट्टै खाट भने शान्ताले आफनी आमा गौमाया केरुङको स्मृतिमा दान दिएकी हुन् ।

Leave a Reply

Your email address will not be published.