बाढीका कारण झापामा १६० घर उच्च जोखिममा


झापा,१४ असार । झापाका विभिन्न नदी तथा खोलामा आएको बाढी र कटानका कारण १६० घर उच्च जोखिममा परेको छ । नेपाल रेडक्रस सोसाइटी झापाका अनुसार जिल्लाको कनकाई ,रतुवा ,चाँजु,कमल बनयानी लगायतका नदी तथा खोलामा आएको बाढीले कटान र डुबान तीव्र बनाएपछि सो क्षेत्रका १६० घरपरिवार उच्च जोखिममा परेको छ । बर्षा लगातार जारीभए ती घरपरिवारलाई सुरक्षित रुपमा अन्यत्र सार्नुपर्ने अवस्था आएको उनmले जानकारी दिए ।
रतुवा खोलाले गौरादह–५ र ६ को कोहवरा उत्तर टङ्वाका करिब ६० घर डुबानमा परेका छन् भने गौरादह–६ को लेलिया डाँगीमा १२५ घरको दुवैतर्फबाट रतुवाखोला बगेकाले उच्च जोखिममा परेको रेडक्रसले जनाएको छ ।
रेडक्रस सभापति लोकराज ढकालका अनुसार रतुवा खोलामा आएको बाढीले गौरादह–६ कै दामुनाखोला सुकुम्बासी बस्तीमा पस्दा ३५ घर उच्च जोखिममा परेका छन् ।
यस्तै, भारी वर्षाका कारण शिवसताक्षी नपा–४ सन्थाल बस्तीमा कमल–बनियानी खोलाको पानी पसेको छ । खोला बस्ती पस्दा त्यहाँका ३० घर डुबानमा परेको छ । बस्तीमा करिब चार फिट पानी पसेपछि सो बस्तीका १०६ जनालाई स्थानीय त्रिभुवन मावि राखिएको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.