दमकबाट ब्राउन सुगरसहित तीन जना पक्राउ


दमक ,१४ असार । यहाँस्थित दमक ५ गोर्खाली टोलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सोही स्थान बस्ने २६ बर्षीय प्रकाश राई २६ बर्षीय प्रवेश राई र ३० बर्षीय भानुभक्त सुन्दास रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार प्रकाश राईको घरमा ब्राउन सुगरको कारोबार भईरहेको छ भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोलीले उनीहरुलाई लागूऔषधसहित पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट डिजिटल तराजु सहित लागूऔषध ब्राउनसुगर २१ ग्राम ५९० मिलिग्राम बरामद गरिएको छ । पक्राउ परेका तीनै जना उपर इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.