सवारी दुर्घटनाबाट १ जनाको मृत्यु १ जना घाईते

झापा, १३ असार । मेची राजमार्गको पाँचथर, फाल्गुनन्द गाँउपालिका ३ पाङ्ग्रेभीर स्थित सडकखण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।

हिजो बेलुका सवा ४ बजे झापाबाट पाँचथरको फिदिम जाँदै गरेको मे.१ ज २७८४ नम्बरको कार अनियन्त्रित भई सडकबाट ७०० मिटर तल झरी दुर्घटना हुँदा कार चालक झापा ,जलथलका ४५ बर्षीय प्रकाश बुढाथोकीको घटनाथस्लमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परेर घाईते भएका पाचँथर फालेलुङ गाँउपालिका १ का ३५ बर्षीय भिष्म केरुङको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ । घटना सम्वन्धमा प्रहरीले थप अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.