स्वास्थ्य मन्त्री बस्नेतद्वारा पथरी नगर अस्पतालको निरीक्षण

पथरी, १२ असार ।संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मोरङ्गको पथरी शनिश्चरे वडा नं २ मा रहेको पथरी नगर अस्पतालको स्थलगत निरीक्षण गरेका छन् ।आज मंगलबार मन्त्री बस्नेत सहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचिव डा. रोशन पोख्रेल, वीर अस्पताल नेम्सका भिसी डा. भूपेन्द्र बस्नेत, कोशी प्रदेश स्वास्थ्य सचिव डा. सुधा देवकोटा, रेक्टर डा.लोचन कार्की, कोशी प्रदेश स्वास्थ्य निर्देशक ज्ञानबहादुर बस्नेत र सल्लाहकार विश्वरुप खड्का लगायतको टिमले अस्पतालको अवलोकन भ्रमण गरेका हुन्।
नगरपालिकाका तर्फबाट नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उप–प्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य र नगर अस्पतालका कर्मचारीहरुले संयुक्त रुपमा स्वागत सम्मान गरेका थिए। त्यसपश्चात मन्त्री बस्नेतले अस्पतालको परिसरमा नवनिर्मित भवनको समेत निरीक्षण गरेका थिए ।
मन्त्री बस्नेतले हाल उक्त अस्पतालले प्रदान गर्दै आएको विभिन्न स्वास्थ्य सम्वन्धी उपचार सेवाको जानकारी लिएका थिए भने पथरीशनिश्चरे नगरकै गौरवको रूपमा हेरिएको नवनिर्मित २५ शैयाको भवनको निरीक्षण गरेका थिए । सोहि क्रममा उनले अस्पतालको लागि निशुल्क जग्गादान गर्ने जग्गादाताहरू समेत धन्यवाद दिएका थिए। सो अस्पताललाई समाजसेवी बाबुराम राईसहित स्थानीयले २३ कठ्ठा जग्गा निशुल्क प्रदान गरेका छन्।

Leave a Reply

Your email address will not be published.